• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने


  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

    Advertisement

    ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

    उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।

    प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।

    प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए ।

    उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनिषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुने खनालले जानकारी दिए ।

    कास्की बाहिरका सहभागीलाई आतेजाते भाडा र बस्नको व्यवस्था साथै वैशाख मसान्तसम्म नाम दर्ता गरिसक्नु पर्ने छ ।

    अहिले सम्म काठमाडौँ, जुम्ला, रुकुम, रोल्पा, वाके, बर्दिया, झापा, धादिङ लगायत देशभरका जिल्लाबाट ५० जना बढीले नाम दर्ता गराएको खनालले जानकारी दिए ।

    प्रतियोगिताको समय ७ मिनेट रहेको छ भने वक्ताले सकारात्मक सन्देश दिने खालको हुनु पर्ने छ । प्रतियोगितामा एउटा विद्यालयबाट जति पनि सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

    कोटिहोममा धर्म र संस्कृति मात्रै नभई शिक्षालाई जोड्न पनि यो प्रतियोगिता आयोजना गरेको उनले बताए ।

    ‘हाम्रा परम्परा, धर्म संस्कृतिलाई आजका युवामा जोड्ने ध्येयले नै यो प्रतियोगिता आयोजना गरिएको हो’ उनले भने,‘कोटिहोममा धर्म संस्कृति सँगै शिक्षालाई पनि जोडेर सबैको अपनत्व बनाउन यो प्रतियोगिता कोषेढुड्डा साबित हुनेछ ।’

    महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले अध्यात्म, विज्ञान र सेवाको सङ्गम गण्डकी कोटिहोम भएकोले यो पुण्य ठाउँको दर्शन गर्न कोही नछुट्न आग्रह गरे ।

    कोटिहोममा यही वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । उक्त अवसरमा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

    कोटिहोममा यही वैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवद मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमीनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहीक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध भएको छ ।

    कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    कोटीहोममा राष्ट्रिय भजन प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको छ ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् ।

    पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

    कोटिहोममा सङ्घीय तथा प्रदेश सांसद जनप्रतिनिधि, राजनितिक दलका नेता, सञ्चारकर्मी भक्तजनको उपस्थिति दिनहुँ बढ्दै गएको छ ।फाेटाे रेडियाे देवघाट

      बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.