हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा माडीको बसन्तपुरमा आज (शनिबार) वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
मौलाकालिका अस्पताल प्रा.ली. को प्राविधिक सहयोग तथा माडी नगरपालिका र बघाैडा अस्पतालको सहकार्यमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा २४८ जनाले स्वास्थ्य सेवा लिएका छन् । माडी नगरपालिकाकाे नगरप्रमुख ताराकुमारी काजि महताेकाे प्रमुख आतिथ्यतामा सञ्चालित उक्त शिविरमा सहकारीका अध्यक्ष अनिलराज पौडेलको अध्यक्षता रहेकाे थियाे ।
शिविरमा छालारोग, स्त्रीरोग, बालरोग, जनरल फिजिसियन लगायतका विशेषज्ञ सेवा प्रदान गरिएकाे थियाे । माडीको बसन्तपुरमा नवौं सेवाकेन्द्र सञ्चालन रहेकाे उक्त सहकारीले वित्तिय साक्षरता तालिम, सदस्य सहकारी शिक्षा लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । #PRD820127
एस पी सुबेदी Sapana Bhattarai Paudel Dilliram Chaudhary