केहीदिन देखि आउन सुरु गरेको हावाहुरीले चितवन सहित देशभर क्षती पुराएको छ । हिजो बेलुकाको हावाहुरीले कालिका-३ बनकट्टास्थित श्री आधारभुत बिद्यालयको २ कोठे भवनमा क्षती पुराएको छ ।
Advertisement
स्कुलको टिनको छानो उडाउँदा ६ थान कम्प्युटर, प्रिन्टर थान-१, खेलकुद सामाग्री, शैक्षिक सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
कालिका-२ कमलपुर टोल स्थित गिता शाहको पक्की घरमाथिको टस उडाएको छ भने नारायण रेग्मी र रामबहादुर भण्डारीको घरको २ कोठाको टिनको छानो उडाउदा टिभी, फ्रिज, पंखा, खाध्यान्न लगायतमा क्षति पुगेको छ ।
विभिन्न ठाउँमा हावहुरीका कारण भएको थप क्षतीको विवरण भने आउनेक्रम जारी छ । यसैगरी अत्याधिक हावाहुरीको कारण भरतपुर-१ देवघाटस्थित बसपार्कमा पार्किङ गरी राखिएको ना ४ ख ६३७३ नम्बरको बस माथि पिपलको रूख ढल्दा बस पुर्ण रूपमा क्षति भएको थियो ।