माडी ७ स्थित जगन्नाथपुरीमा रहेको वालकल्याण आधारभूत विद्यालय कक्षा ८ मा अध्यनरत विद्यार्थी शुसाङ्क सुवेदीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
Advertisement
उनलाई शुक्रबार सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा सो छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति स्वरुप सुवेदीलाई १३ हजार २ सय रुपैयाँ प्रदान गरिएको सेवा र विकासका लागि युवाका राष्ट्रिय कोषाध्यक्ष राजु सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्राज्ञिक बिद्यार्थी परिषद नेपालका राष्ट्रिय सम्पर्क प्रमुख बिष्णु पंगेनी गण्डकी प्रदेश संगठन सचिव नारायण तिमिल्सिना सेवा र विकासका लागि युवाका राष्ट्रिय संयोजक प्रकाश कुमार शर्मा र वालकल्याण आधारभूत स्कुलका संचालक तथा व्यवस्थापन समितिको सहभागीता थियो