भरतपुर ८ सल्यानी टाेल बिकास संस्थाका गाेपाल माझी केही दिनदेखि खुट्टामा गम्भिर चाेट लागेर भरतपुर अस्पतालमा उपचाररत छन् ।
Advertisement
माझीको उपचारका लागि सल्यानी टाेल बिकास संस्थाका सदस्यहरू मिलेर संकलित सो रकम रेडियो देवघाटका महासचिव एवं सामाजिक व्यक्तित्व निरन्जन हाडाद्वारा गोपाल माझीलाई प्रदान गरिएको छ ।
सो २२ हजार रुपैयाँ रकम माझीका परिवारलाई अस्पतालमै गएर हाडाले प्रदान गर्नुभएको हो । सहयोग अभियानमा नेत्रमाया आले गाैरी रानामगर, लीला थापा, सुष्मा थापा समेत हुनुहुन्थ्यो ।
उता,माझी अत्यन्तै निम्न बर्गको भएको भन्दै वडाबाट प्राप्त सिफारिसको आधारमा उनको सबै उपचार निशुल्क गरिने अस्पतालले जनाएको छ ।