नेपाल मगर संघ निर्वाचन समिती संयोजक सिद्धान्त गर्जामगरले मगर जातीको भाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
Advertisement
पारदर्शीसंग संक्षिप्त कुराकानी गर्नुहुँदै उहाँले मगर भाषाको जगेर्नामा आजैदेखि लाग्नुपर्ने र नलागिएको खण्डमा भाषा संकटमा पर्ने बताउनुभएको हो ।
नेपालका जहाँ जहाँ मगर समुदाय त्यहाँ मगर संघ जुन जुन विद्यालयमा मगर विद्यार्थी, त्यहाँ मगर अक्खा लिपि सहितको मगर भाषा संचालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
यसै अनुरुप ब्यास नगरपालिका दमौलीमा अबस्थित सत्यवती मावि र जय बाल मन्दिर माविका मगर विद्यार्थीलाई मगर भाषा पुस्तक समेत केहीदिन अघि बितरण गरेको उहाँले जानकारी दिनुभयो ।