विश्व रक्तदाता दिवसका अवसरमा ब्लड डोनर्स सोसाइटीले आयोजना गरेको बृहत रक्तदानको आयव्यय सार्वजनिक गरिएको छ ।
Advertisement
भरतपुरमा आज पत्रकार सम्मेलन गरि आयोजकले खर्चको आयव्यय सार्वजनिक गरेको हो ।
रक्तदानमा जम्मा आम्दानी ८ लाख ८८ हजार मध्ये जम्मा खर्च ७ लाख १३ हजार ९१ रुपैयाँ खर्च भएको ब्लड डोनर्स सोसाइटी जिल्ला शाखा चितवनका उपाध्यक्ष अभिषेक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल संस्थामा बचत रकम १ लाख ७४ हजार ९ सय ९ रुपैयाँ रहेको छ ।
सोहीदिन १७ सय १७ जनाले रक्तदान गरेका थिए । जसमध्ये पुरुष १२ सय ३३ जना महिला ४ सय ८४ जना र नयाँ ४ सय १२ जना रहेको संस्थाका सचिव बिपिन पाठकले जानकारी दिनुभयो ।