देवघाट गाउँपालिकाले आर्थिक बर्ष ०८२/८३ का लागि ४७ करोड ७३ लाख ७५ हजारको बजेट प्रस्तुत गरेको छ ।
१६ औं अधिबेशन एवं दोस्रो साधारण सभाबाट सो बजेट पारित भएको हो । गाउँपालिकाले देवघाट क्षेत्रको बिकासका लागि विभिन्न शिर्षकमा बजेट बिनियोजन गरेको जनाएको छ ।
आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रम अन्तरगत खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात जस्ता अत्यावश्यक पूर्वाधार निर्माणमा जोड दिएको गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिनुभयो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउन २ हजार ६ सय १९ वटा घरपरिवारको ३ हजार ७ सय ६१ कित्ता निर्माण गरिएको छ भने ५३२ हेक्टर जग्गा नापजाँचको कार्य सम्पन्न भइसकेको थापाले जानकारी दिनुभयो ।
समग्रमा कृषि, पशुपालन र पर्यटन क्षेत्र, औद्योगिक क्षेत्र, वन, वातावरण, जलबायु परिवर्तन तथा विपद् व्यवस्थापन, प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरक्षित आप्रवास, भूमि व्यवस्थापन र सामाजिक सुरक्षा आदिमा गाउँपालिकाले विशेष जोड दिएको छ ।