तनहुँकाे सेतिगंगा आधारभुत विद्यालय बन्दीपुर-६, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना गरिएकाे छ ।
Advertisement
विद्यालयका भुतपुर्व विद्यार्थी सिद्धान्त मगरले आफ्नाे स्व: हजुरबुबा मोतिलाल थापा र स्व: हजुरआमा मन्धरा थापाको स्मृतिमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न साे बराबरकाे अक्षयकोष स्थापना गर्नुभएकाे हाे ।
विद्यालयमा साेमबार एक कार्यक्रमका बिच बन्दिपुर-६ का वडाध्यक्ष बल बहादुर गुरूङ्ग, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज थापा र बिधालयका प्रधानाध्यापक बिशाल गौतम लगायतकाे सहभागीतामा साे रकम हस्तान्तरण गरिएकाे हाे ।