• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • सम्पूर्ण किताब नारायणगढले किताब उत्सव गरेको छ । शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनसँगको सहकार्यमा नारायणी किनार गैंडाकोटमा उत्सव कार्यक्रम गरिएको हो ।

    Advertisement

    `एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२´ कार्यक्रममा चितवनको साहित्य र किताब बजारको बेलीबिस्तार गरिएको उत्सवका निर्देशक एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले बताए ।

    उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै सापकोटाले सम्पूर्ण किताब उत्सव किन आयोजना गरियो भन्ने प्रष्ट्याएका थिए । चितवनमा पठन संस्कृतिको विकासका निम्ति लागिपरेका सापकोटाले पठन संस्कृतिको प्रबर्द्धन र चितवन साथै वरिपरिको साहित्यको सम्बर्द्धन गर्नु उत्सवको लक्ष्य रहेको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि लेखक, पत्रकार रेशम विरहीले रमेश प्रभातको निसमालोचना `अरु अलिकति फरक कुरा´, भीमप्रसाद शर्माको `कुण्डलिनी योग´र तिलक न्यौपानेको कवितासङ्ग्रह `शव्दपुष्प´ गरी तीनवटा किताब विमाेचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । विमोचन भएका तीन वटै कृतिका बारेमा बालकृष्ण थपलियाले टिप्पणी राखेका थिए ।

    उद्घाटनपछि बोल्दै प्रमुख अतिथि बिरहीले यी उत्सवलगायतका गतिविधिले स्रस्टालाई परिस्कृत बन्न सहयोग पुग्ने बताए । `बहस तथा छलफल कार्यक्रमले स्रस्टालाई सिक्ने अवसर पनि प्राप्त हुन्छ र स्तरीय कृति ल्याउन मद्दत गर्दछ´, उनले भने ।

    उत्सवका सह-निर्देशक एवम् एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

    पहिलो सत्रमा प्राध्यापक डाक्टर एकनारायण पौड्यालले ‘चितवनको साहित्य : गति र दिशा’ विषयमा प्रवचन दिएका थिए ।

    दोस्रो सत्रमा ‘के पढ्छन् बालबालिका ?’ शीर्षकमा अङ्कुरम् एकेडेमीका आशीर्वाद सापकोटा, गैंडाकोट इङ्लिस स्कुलकी अभिश्री कँडेल, किड्स होम एकेडेमीकी रञ्जना बञ्जारा, विश्वप्रकाश माविका आभाष काफ्ले र कर्णबहादुर बानियाँसँग आकाश पौडेलले कुराकानी गरेका थिए । यो छलफलमा बोल्दै बालमनोविश्लेषक बानियाँले विद्यार्थीको उमेर अनुसार उनीहरूको रुचि बुझेर पढ्ने सामग्री दिनुपर्ने बताए । छलफलमा सहभागी विद्यार्थीले आफ्नो विद्यालयमा अतिरिक्त किताब पढ्ने सहज वातावरण भएको बताए । उनीहरूले आफ्नो पुस्तकालयमा आफूले चाहेका किताब भेट्ने गरेको सुनाए ।

    शिक्षकले किन पढ्ने ? शीर्षक दिइएको तेस्रो सत्रमा महेन्द्र पौड्याल, सामना पहाड, नवराज कँडेल र बटुकलाल तामाङसँग विपिन पाठकले बहस गरेका थिए । आम शिक्षकले अतिरिक्त किताब पढ्नलाई रुचि नगरेको छलफलमा चर्चा भएको थियो । विद्यार्थीलाई पढाउनुपर्ने विषयमा मात्रै शिक्षक केन्द्रित हुने गरेको छलफलको निष्कर्ष थियो ।

    चौथो सत्रमा ‘चितवनको किताब बजार : हिजो र आज’ शीर्षकमा केन्द्रित रही पुस्तक व्यवसायीहरू मास्के पुस्तक भण्डारकी रजनी मास्के, नारायणी पुस्तक सदनका गुरुप्रसाद न्यौपाने सुशील, रचना पुस्तक पसलका महेन्द्र कोइराला र सम्पूर्ण किताबका लेखराम सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले कुराकानी गरेका थिए । २०६० सालपछि अतिरिक्त किताबको व्यापार बढेको बारेमा छलफल भएको थियो ।

    `कता जाँदैछ चितवनको साहित्य ?´ विषयक पाँचौँ सत्रमा एलबी क्षेत्री, उदय अधिकारी, भूपिन र शान्ति शर्मासँग रमेश प्रभातले बहस गरेका थिए । चितवनको समग्र साहित्य लेखनका बारेमा यो बहसमा छलफल भएको थियो ।

    उत्सवको अन्तिम सत्र ‘सम्पूर्ण काव्य सन्ध्या’ लाई सिर्जन अविरलले सञ्चालन गरेका थिए । काव्य सन्ध्यामा कविहरू सरला जोशी, विद्या भण्डारी चिराग, प्रकाश चापागाईं, किसान प्रेमी, एकदेव रिमाल, सुरेन्द्र अस्तफल, प्रवीण सन्नाटा, आदर्श सुशील, अञ्जान प्रदीप, माया गुरुङ, पुष्प अधिकारी अञ्जलि, मनोज चौधरी, सरस्वती पौडेल, परिवेश चापागाईं, बिष्णु तिवारी उषा, राधा कोइराला, पदम अर्याल, मेनका चापागाईं, उपेन्द्र त्रिपाठी, अजित उत्सव, उदित सिग्देल र वसन्त पराजुलीले रचना सुनाएका थिए ।

    सोही कार्यक्रममार्फत एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले हरेक वर्ष एक जना श्रस्टालाई साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

    एक्सपर्ट एजुकेसन चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रुपैयाँ राशिको साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव २०८२´ को उद्घाटन सत्रमा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले साहित्य क्षेत्रको प्रवर्द्धन र श्रस्टाको सम्मानको लागि पुरस्कार घोषणा गरिएको बताए । उनले हरेक वर्ष `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव´को उद्घाटनका अवसरमा उक्त पुरस्कार प्रदान गर्ने जानकारी दिए ।

    एक्सपर्ट एजुकेसनले आफ्नो वार्षिक उत्सवका अवसरमा हरेक वर्ष २५ हजार रुपैयाँ राशिको शैक्षिक पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आइरहेको छ । शैक्षिक पत्रकारिता पुरस्कार अहिलेसम्म पत्रकार ईश्वर जोशी, रमेशकुमार पौडेल र सूर्यप्रकाश कँडेलले प्राप्त गरिसकेका छन् ।

      मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.