• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

चितवनले सुन्दैछ अग्रजका गजल


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • चितवनको साहित्यिक भूमिमा एक फरक लय फेरि गुन्जिने तयारीमा छ । त्यो लय दुई दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको थियो ।

    Advertisement

    समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक मञ्चमा ल्याउने उद्देश्यसहित गजल मञ्च चितवनको आयोजनामा असार २१ गते शनिबार भरतपुरस्थित चितवन माध्यमिक विद्यालयको सभाहलमा `अग्रजका गजल’ कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रमलाई सेन्ट्रल कलेजले मुख्य प्रायोजन गरेको छ ।

    यस कार्यक्रममार्फत चितवनमा बसेर दुई दशकअघिदेखि गजल सिर्जनामा जीवन अर्पिएका अग्रज स्रष्टाहरूलाई फेरि साहित्यिक यात्रातर्फ फर्काउने भावनात्मक प्रयत्न गरिँदैछ । आयोजकका अनुसार गजल सिर्जनामा कहिल्यै पनि नथाक्ने तर जीवनका परिस्थितिले केही समय मौन बस्नुपरेका अनुभवी गजलकारहरूलाई यो मञ्चमा सम्मानका साथ प्रस्तुत गरिनेछ, जसले चितवनको गजल साहित्यको सुरुवाती स्वरलाई फेरि सजीव तुल्याउने अपेक्षा गरिएको छ ।

    कार्यक्रमको मूल सन्देश भनेकै साहित्यको स्मृतिलाई वर्तमानमा झिकेर भविष्यसँग गाँस्ने हो । जसको माध्यम गजल बनेको छ भावना, चेतना र कलाको संयोजन स्वरूप ।

    गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास भन्छन् – `गजल केवल लयात्मक रचना होइन, यो समय, समाज र आत्माको अभिव्यक्ति हो । जुन पुस्ता–पुस्ताबीच साहित्यिक सेतु निर्माण गर्न सक्छ ।´ अनायासका अनुसार अग्रज स्रष्टाको अनुभूति, दृष्टिकोण र शिल्पलाई पुनः प्रस्तुत गर्नु भनेको आजको पुस्तामा मूल आत्माको पुनर्संयोजन गर्नु हो ।

    संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेखराम सापकोटा भन्छन् – `कतिपय स्रष्टाहरूको आवाज हराएको जस्तो लाग्छ, तर त्यो हराएको होइन, केवल हामी सुन्न छाडेका हौँ । अग्रजका गजल भनेको ती स्वरहरूलाई फेरि सुन्ने संवेदनशीलता हो, जसले हामीलाई आफ्नै साहित्यिक आत्मासँग पुनर्मिलन गराउँछ ।´

    कार्यक्रममा रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !´, मञ्चका अध्यक्षसमेत रहेका गजलकार रामकृष्ण अनायासको ‘अनायास’ र गजलकार सरस्वती पौडेल को ‘प्रत्यूष ‘ गरी तीनवटा गजलसंग्रह पनि विमोचन हुन लागेको छ ।

    कार्यक्रमको शीर्ष प्रायोजन सेन्ट्रल कलेज नारायणगढले गरेको छ भने प्रसिश मोडुलर किचनले सहप्रायोजन गरेको छ । सम्पूर्ण किताब नारायणगढको सहयोग र कायाकैरन दैनिक, विप्स मिडिया, पारदर्शी अनलाइनलगायतका मिडियाहरू मिडिया पार्टनरको रुपमा रहेका छन् ।अन्य केही संस्थाले कार्यक्रमलाई आफ्नो उत्पादन सौजन्य समेत गरेका छन् ।

    प्रवेश निःशुल्क रहेको यस कार्यक्रम शनिबार दिउँसो २:०० बजेदेखि सुरु हुने जनाइएको छ। आयोजकले यस अवसरमा चितवनका गजल अनुरागी, पाठक, स्रोता र स्रष्टाहरूको उपस्थितिलाई ऐतिहासिक बनाइदिन आह्वान गरेका छन् ।

      मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु
      कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन
      निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • २.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      • ३.
        निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

      • ४.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • ५.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ६.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ७.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ८.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.