• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

लोकप्रिय समाचार

  • १. चितवनले सुन्दैछ अग्रजका गजल

  • २. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ५. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • ८. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ९. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • १०. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो


  •   बिहिबार, असार १९, २०८२ मा प्रकाशित
  • भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघद्वारा संचालित समावेशी शिक्षा खासै प्रभावकारी भएको देखिदैन ।

    Advertisement

    कालिका नगरपालिका अत्यन्तै विपन्न तथा सिमान्तकृत अल्पसंख्यक जातीहरुको बसोबास भएको क्षेत्र हो ।

    यहाँ चेपाङ, पर्जा, बोटे, राई, लिम्बु, गुरुङ मगर र बाहुन क्षत्री आदिको बसोबास छ । अपांगता तथा जटिल प्रकारका अपांगता भएका व्यक्तिहरुका लागि तालिम तथा स्रोत कक्षा उपचार आदिमा समाबेश गराउने भनिएतापनि वास्तविक पीडितसम्म नपुगेको कालिका नगरपालिका १० का वडाध्यक्ष नरजङ प्रजाले गुनासो गर्नुभयो ।

    कालिका नगरपालिका भौगोलिक हिसाबले समेत पहाडी भुभाग भएका कारण अपांगता तथा जटिल प्रकारका अपांगताका लागि समावेशी शिक्षा परियोजना ल्याइएतापनि वास्तविक समुदाय लाभान्वित हुन नसकेको प्रजाले गुनासो गर्नुभएको हो ।

    जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्षित गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।

    परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गर्ने भनिएतापनि वास्तविक क्षेत्रका व्यक्तिले नपाएको पीडितको गुनासो छ ।

    परियोजनाले गाउँघरका विद्यालय जानबाट बन्चित बालबालिकाहरुलाई भर्ना गराउने तथा घरमा आधारित शिक्षा संचालन गर्ने जनाउदै आएको भएपनि वास्तविक क्षेत्रका पीडित बालबालिकाहरु लाभान्वित हुन सकिरहेका छैनन् ।

    अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघ नेपालले तीनवर्षे कार्यक्रम अन्तर्गत समावेशी शिक्षा परियोजना कालिका र भरतपुर महानगरमा संचालन गर्दै आएको छ ।

    परियोजनाको समयावधि सकिनै लाग्दा समेत प्रभावकारी नभएपछि परियोजना उदेश्य बिपरित भएको जानकारहरु बताउँछन् ।

    कालिकाका ३५ वटा विद्यालयमा यो परियोजना संचालन भएपनि सुधारोन्मुख भएको देखिदैन । परियोजनाले घरमा आधारित शिक्षा लिने २५ जना बालबालिकाहरु र ४ जना घुम्ती शिक्षकहरु भएको बताएपनि जटिल प्रकारका बालबालिका भएका घरमा नआउने गरेको पीडित बालबालिकाका आफन्तले बताएका छन् । तर परियोजनाले विद्यालय जान नसक्ने बालबालिकाहरुका लागि घुम्ती शिक्षकको व्यवस्था गरिएको बताएको छ ।

    उता भरतपुर महानगरका शिक्षा शाखा प्रमुख सुवासचन्द्र आचार्यले परियोजनाको उदेश्य, लक्ष्य तथा योजना बारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले भरतपुर र कालिकामा परियोजना संचालन हुँदै आएको भएपनि यसको कार्य मुल्यांकन तथा लाभान्वित बालबालिकाको तथ्यांक बारे एकिन विवरण नआएको प्रष्ट पार्नुभयो ।

    समावेशी शिक्षा परियोजनाका बारेमा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघले परियोजना अबधि सकिनै लाग्दा समेत यसको प्रभावकारी तथ्यांक हालसम्म सार्वजनिक गरेको छैन ।

    संचारकर्मीले यस बारेमा बारम्बार बुझ्न खोज्दा समेत पहिले नै सोधिने प्रश्न तयार गर्नुपर्ने भन्दै दुईवटै परियोजनाका संचालकहरुले आनाकानी गर्ने गरेका छन् ।

      बिहिबार, असार १९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस
      दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश
      चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो
      प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
      ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज
      आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ५.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ६.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      भर्खरै

      • १.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      • २.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      • ३.
        चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

      • ४.
        प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

      • ५.
        ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

      • ६.
        आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

      • ७.
        दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

      • ८.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.