माग अनुसारको उत्पादन नहुँदा बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अत्यधिक गर्मीका कारण मागअनुसारको उत्पादन नहुँदा बजारमा अण्डाको मूल्य बढेको हो।
Advertisement
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अहिले प्रतिक्रेट १५ रूपैयाँका दरले अण्डाको मूल्य बढेको छ। गत साता बुधबार पनि अण्डाको नयाँ मूल्य तोकिएको थियो।
हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ६५, ठूलो अण्डा चार सय ९५ र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ तोकिएको छ।