चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८७.२९ प्रतिशत पुँजिगत खर्च गरेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले खर्च विवरण सार्वजनिक गर्दै चालु खर्च भन्दा बढि पुँजिगत खर्च भएको जानकारी दिनुभएको हो ।
बस्नेतका अनुसार जम्मा ८५.५७ प्रतिशत खर्च भएकोमा चालुतर्फ ८४.२७ प्रतिशत र पुँजिगत खर्च ८७.२९ प्रतिशत भएको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सहयोग पुराउने सम्पुर्णमा बस्नेतले धन्यबाद ज्ञापन गर्नुभएको छ ।
इच्छाकामनाले गतवर्ष पुँजिगत तर्फ ८३ प्रतिशत र चालुतर्फ ८७ प्रतिशत खर्च गरेको थियो । यस आर्थिक वर्षमा भुक्तानीका लागि कुनैपनि दायित्व सरेर नआएको भन्दै अधिकृत बस्नेतले कुनैपनि योजनाको म्याद थप गर्नु नपरेको जानकारी दिनुभयो । पालिकाले सबैभन्दा धेरै ६ करोड ७१ लाखको योजना सम्पन्न गरेको छ ।