नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा कालो ब्यानर झुण्ड्याएको छ ।
चितवनको भरतपुर १० मा अवस्थित कार्यालयमा क्रान्तिकारीका बिद्यार्थीहरुले मंगलबार कालो ब्यानर झुण्ड्याएका हुन ।
किर्ते कागज बनाएर विद्यार्थीहरूलाई बिदेश पठाएको र उतै अलपत्र पारेकाले एक्सपर्टको कार्यालयमा कालो ब्यानर झुण्ड्याइएको क्रान्तिकारीका जिल्ला इञ्चार्ज सुमन श्रेष्ठले जानकारी दिए ।
ब्यानरमा सरकारी कागज किर्ते गरेको र एउटा नामबाट कम्पनी दर्ता गरि अर्को नामबाट संचालन गरेको आरोप लगाएइएको छ ।
एक्सपर्टले ‘एक्सपोर्ट मल्टीनेसनल सर्भिसेस’ नाममा पनि काम गर्दै आएको छ । सत्यतथ्य छानबिन गरि एक्सपर्टका संचालकहरुलाई कार्वाहीको दायरामा ल्याउन क्रान्तिकारीका इञ्चार्ज श्रेष्ठले माग गरेका छन ।
आफुहरुको मागलाई बेवास्ता गरिएको बिरोधका सशक्त कार्यक्रम ल्याउने उनको चेतावनी छ ।