युवा उद्यमी एवं प्रकृति कपास उद्योगकी संचालक चन्दना कोइरालाले आफ्नो जन्मदिनका अवसरमा गौसेवा गरेर मनाउनुभएको छ ।
उहाँ आज बिहान स-परिवार सहित पवित्र धार्मिक क्षेत्र देवघाटमा अबस्थित योगि नरहरिनाथ गौसेवा केन्द्रमा संरक्षित गाईहरुलाई खाना खुवाएर मनाउनुभएको हो ।
उहाँ सनातन अभियान सदस्य सहित नेपाल कपास उद्योग महासंघकी केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै कोइराला बागमती प्रदेस उद्योग परिसंघ महिला समितीको अध्यक्ष पनि हो ।
स्वदेशमा केही गर्नु पर्छ भन्ने मान्यताका साथ कपास उद्योग संचालन गर्दै आउनुभएकी कोइरालाले आफ्नो जन्मदिन हिन्दु सनातनीहरुले माताको रुपमा स्विकारियकी गौमातालाई सेवागरी मनाउनु भयो ।
समाज सेवामा समेत सक्रिय कोइराला आफ्नो जन्मदिनमा गाईको सेवा गरि मनाउन पाउदा अत्यन्तै खुसी लागेको बताउनुभयो ।
झण्डै एक दशकदेखि व्यवसायिक र सामजिक क्षेत्रमा सक्रिय कोइरालाले गौ सेवा आश्रामलाई रु ५ हजार ५ सय सहयोग गर्नुभयो ।
असाहाय, अनाथ, दिनदुखी मानव तथा प्राणीहरुको सहयोग गर्दा मनमा आत्मासन्तुस्टि र खुशी मिल्ने कोइरालाले बताउनुभयो ।
