हरियाली भविष्यको संकल्पसहित लियो क्लब अफ चितवन माउन्ट एभरेष्ट र लियो क्लब अफ नारायणगढ दियालोले आज श्री माध्यमिक विद्यालय, भरतपुर–१६ मा संयुक्त रूपमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
लियो क्लब अफ नारायणगढ दियालोका अध्यक्ष आदित्य अम्गाईंको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका जिल्ला अध्यक्ष लियो/लायन्सका विज्ञान पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालय प्राङ्गणमा विभिन्न जातका बिरुवाहरू रोप्दै सहभागीहरूले वातावरण संरक्षणप्रतिको प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमका अवसरमा बोल्दै लियो क्लब अफ चितवन माउन्ट एभरेष्टकी अध्यक्ष आरती सापकोटाले भन्नुभयो, “आजको एउटा सानो प्रयास भोलीको स्वच्छ र सुरक्षित भविष्यका लागि जग हो। हाम्रो पुस्ताले वातावरणको माया गरेन भने आउँदो पुस्ताले आकाश हेर्न पनि सायद हरियाली देख्न पाउने छैन।”
विद्यालयका विद्यार्थीहरू समेत कार्यक्रममा उत्साहपूर्वक सहभागी भए, जसले उनीहरूमा प्रकृति र हरियालीप्रतिको लगाव अझ बलियो बनाएको छ ।
सो कार्यक्रममा विभिन्न क्लबका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सामाजिक व्यक्तित्वको सहभागीता थियो ।
