नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा विधुत अवरुद्ध हुने सूचना जारी गरेकाे छ ।
चनाैलि शाखाले आज एक सूचना जारी गर्दै नारायणी-माडी,
मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर- रामपुर फिडरहरुमा
विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएकाे हाे ।
अत्याधिक गर्मी र रोपाईको समयमा आकाशे पानी नपरेकोले सिँचाइ ग्राहकहरुको लोड बढ्न गई विद्युतको माग ४५० एम्पिएर सम्म पुगेको भन्दै भाेलि (साउन ११ बजेदेखि) लागू हुनेगरि नारायणी-माडी फिडरहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजे सम्म विधुत अवरूद्द हुने भएकाे हाे ।
त्यस्तै, मेघौली-विजयनगर-शुक्रनगर फिडरहरु बिहान ९ बजेदेखि मध्यान्ह १२ बजे र साँझ ६ बजेदेखि राति ९ बजेसम्म त्यस्तैगरि जगतपुर- रामपुर फिडरहरु मध्यान्ह १२ बजेदेखि दिउसाे ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने र लोड व्यवस्थापन हुदै जाँदा समय अगावै विधुत सुचारु जनाएकाे छ ।#PRD820410
