नेपाल विधुत प्राधिकरण चनाैलि वितरण केन्द्रले सार्वजनिक गरेकाे लाेडसेडिङ्गकाे तालिका फेसबुक पेजबाट हटाएकाे छ ।
चनाैलि वितरण केन्द्रले आज एक सूचना जारी गर्दै नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर- रामपुर फिडरहरुमा दैनिक ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भन्दै तालिका सहित सूचना जारी गरेकाे ३ घण्टामै हटाएकाे छ । विधुत अवरूद्द हुने विषयकाे तालिका सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यमहरूबाट प्रष्ट रूपमा लाेडसेडिङ्गकाे तालिका सार्वजनिक उल्लेख भएकाे थियाे ।
पछिल्लाे सूचना अनुसार चनाैली शाखाले यस वर्ष लामो सयमदेखि तराईका जिल्लाहरुमा सुख्खा खडेरीका कारण अत्याधिक गर्मि वढ्न गई वितरण लाइनको संरचनाहरु ओभरलोडमा संचालन भई न्युन भोल्टेजको समस्या देखिएकोले मनशुन शुरु नभएसम्म सिंचाई प्रयोजनमा प्रयोग हुने माटेरहरु रातीको ९:०० बजे पछि मात्र संचालन गर्न तथा वढि विद्युत खपत गर्ने उपकरणहरु कम मात्रामा चलाई विद्युत व्यवस्थापनमा सदाझै सहयोग गर्नु हुन भन्दै अर्काे सूचना प्रकाशित गरेकाे छ । #PRD820410