नेपाल विधुत प्राधिकण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौंले चनौली वितरण केन्द्रले जारी गरेकाे विधुत अवरूद्वकाे सूचनालाई “लाेडसेडिङ्ग काे तालिका” भनी सञ्चार माध्यमले अतिरञ्जित गरिएकाे भन्दै ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन आज (२०८२ साउन ११) का लागि निकालेको लोड व्यवस्थापन तालिकाले श्रृजना गरेको अन्यौल र त्यसैलाई लिएर केही सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा व्यक्त धारणा प्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।
चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सवस्टेशनमा न्यू भरतपुर (बसेनी) सवस्टेशनबाट आउने ३३ के.भी. लाइनमा बढेको अत्याधिक लोडको कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको छ। चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्नका लागि बसेनी १३२ के.भी. सवस्टेशनवाट चनौली सवस्टेशनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र सो लाइन निर्माण पश्चात यो समस्या दीर्घकालीन रुपमा समाधान हुने विज्ञप्तिमा जनाइएकाे छ ।
लोडसेडिङ्ग नेपालको लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरुमा पर्न गएको अन्योल प्रति प्राधिकरण सचेत रहेको प्राधिकरणकाे भनाई छ । #PRD820411

