माडी नगरपालिकाले स्थापना कालदेखि आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढि आन्तरिक आम्दानी गर्न सफल भएको छ ।
Advertisement
माडी नगरपालिकाको आज (शुक्रबार) सम्पन्न तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई मार्फत प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषालले नगरको कुल आन्तरिक आम्दानी ९ कराेड ८३ लाख ६३ हजार रहेको विवरण प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा अनुमानित व्यययतर्फ ७९.८९ प्रतिशत चालु खर्च र ८०.४२ प्रतिशत पुँजीगत खर्च गरेको छ । नगरपालिकाले पहिलोपटक चालुभन्दा पुजिंगत खर्च बढि गर्न सफल भएको हो ।
त्यस्तैगरि, नगरलाई क्रसर तथा निमार्णजन्य साधनहरुबाट मात्रै २ करोड ९५ लाख ९५ हजार मुनाफा भएको छ । माडी नगरपालिका अब ऋणमुक्त भइ बचतमा रहेको भुषालले सार्वजनिक गर्नुभयो ।