माडी नगरपालिका नगर कार्यपालिकाकाे निर्णयले मध्यवर्ती खारेज हुने र त्यसमा आम माडीबासि जनता खुसि हुनुहुन्छ भने आँफुहरु त्यो गर्न तयार रहेको माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतोले सार्वजनिक गर्नुभएकाे छ ।
माडी नगरपालिकाको तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाईमा मध्यवर्ती खारेजिको विषयमा उठेका सवालको जवाफ दिंदै उहाँले उहाँले नगर कार्यपालिकाको निर्णयले मात्रै मध्यवर्ती खारेज नहुने र यदि त्यो सम्भव भएमा आँफुहरु निर्णय गर्न तयार रहेको बताउनुभएको हो ।
विगतमा पनि मध्यवर्ती खारेजिको लागि बफर्जन कार्यालय घेराउ, अनसन बसेको विषय देखि, भोकभोकै जाममा परेर डेलिगेसन गएको, अधिवक्ता नै राखेर बुँदाहरु संसोधनको लागि पेश गरेको, पटकपटक वन मन्त्रालयमा डेलिगेशनमा गएको भएपनि बाहिर भनेजस्तो खारेजी सम्भावना त्यति सहज नरहेकाे उहाँले प्रष्ट पार्नुभयो ।
माडीमा मध्यवर्ती नरहने हो भने निकुञ्जका वन्यजन्तुको आक्रमणबाट हुने जनधनको क्षती, बालिनालिको क्षती तथा बिनास लगायत उपचारको राहत नगरपालिकाले दिन सक्ने कुराको ग्यारेन्टी गर्नुपर्ने उहाँको भनाइ थियो । बफर्जनको खारेजी मात्रै समस्याको समाधान नरहेको भन्दै उहाँले यस विषयमा नगरपालिको सबै राजनैतिक दलहरुसंग छलफल एवं सुझाव संकलन कार्य भैरहेको उल्लेख गर्नुभयो । #PRD820431