• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ९. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर


  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • अघिल्ला वर्षहरुमा झैँ यस वर्ष पनि बिएचएम एवं बिआइटीएम दुबैमा आरम्भ कलेज चितवन प्रथम हुन सफल भएको छ । भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको  छ ।
    सेमेस्टर परीक्षाको नतिजामा चितवन प्रथम भइसकेको आरम्भ कलेज तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा त्रिविको बिएचएमतर्फ नेपाल पाँचौँ, नेपाल चौथो हुँदै अहिले नेपाल तेस्रो बन्न सफल भएको हो । यो नतिजालाई हेर्दा आरम्भ कलेजको यात्रा अब गोल्डमेडलतिर अगाडि बढिरहेको पाइन्छ ।

    Advertisement

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी म्यानेजमेन्ट (बिआइटीएम) र ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) को पढाई संचालन गरेको छ । यस वर्ष बिएचएमको पहिलो सेमेस्टरकोे परीक्षामा कलेजको दोस्रो ब्याचका छात्र सबिन श्रेष्ठ ३.९८ जिपिएसहित चितवन जिल्ला प्रथम र त्रिवि तेस्रो भएका छन् ।

    सोही परीक्षामा सोही सुप्रिया घर्ती क्षेत्रीले जिपिए ३.९७ र छात्र अञ्जल लामाले जिपिए ३.९४ ल्याएका छन् । उक्त परीक्षामा आरम्भ कलेजबाट जिपिए ३.८ भन्दा माथि १३ जना, ३.६ भन्दा माथि १२ जना र ३.२ भन्दा माथि २२ जनाले ल्याएका छन् ।

    कलेज स्थापनाको वर्ष पहिलो सेमेस्टरको परीक्षामा बिएचएमकी छात्रा ङवाङ बम्जन तामाङ ३.९२ जिपिए ल्याएर नेपाल पाँचौँ र चितवन प्रथम भएकी थिइन् । दोस्रो सेमेस्टरको परीक्षामा पनि उनले जिपिए ३.९४ ल्याई नेपाल चौथो र चितवन दोस्रो भएकी थिइन् ।

    बिआइटीएमतर्फ यस वर्षको पहिलो सेमेस्टरको परीक्षामा पनि कलेजको नतिजा राम्रो आएको छ । कलेजकी छात्रा सेजल खड्की ३.८४ जिपिएसहित जिल्ला प्रथम भएकी छन् । उक्त परीक्षामा सौरभ पौडेलले ३.८०, अमन महतोले ३.७८, आरम्भ पौडेलले ३.७७, क्रिस्टिना सुनारले ३.७५ र एलिस गुरुङले ३.७४ जिपिए ल्याएका छन् । जिपिए ३.६ भन्दा माथि १०जना, ३.४ भन्दा माथि १४ जना र ३.२ भन्दा माथि ११ जनाले नतिजा ल्याएका छन् ।

    चारवर्षे स्नातक तहको पाठ्यक्रममा आधारित बिएचएम र बिआइटीएम विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाई हुने प्राचार्य सुरज शिवाकोटीले जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठ जिपिए) ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर सहजै भर्र्ना हुन पाउने उनले बताए ।

    कलेज स्थापनादेखि अहिलेसम्मको नतिजाले आफूहरु निकै उत्साहित भएको र अबको यात्रा आफ्ना विद्यार्थीलाई त्रिवि प्रथम बनाएर स्वर्णपदक दिलाउने रहेको प्राचार्य शिवाकोटीले बताए । उनले बिएचएमको अन्तिम वर्षका दुई वटा सेमेस्टरमा इन्टर्नसीपको व्यवस्था गरिएको र त्यस्तो इन्टर्नसीपका लागि अमेरिकामा ४३ वटा पाँचतारे होटेलसँग सहकार्य गरिरहेको कम्पनीसँग सहकार्य गरिरहेको नेपाली कम्पनीसँग आरम्भले सम्झौता गरिसकेको प्राचार्य शिवाकोटीले जानकारी दिए ।

    आरम्भ कलेजको बिएचएमका विभागीय प्रमुख दीपेन्द्र सुवेदी कलेजले क्रमशः नतिजामा सुधार गर्दै त्रिवि प्रथम हुने दिशामा अगाडि बढिरहेको बताए । उनले अहिलेको नतिजाको क्रमलाई हेर्दा भावी दिनमा सहजै त्रिवि प्रथम हुने सम्भावना रहेको दाबी गरे ।

    कलेजको बिआइटीएमका विभागीय प्रमुख झविलाल भुसालले कलेज स्थापनाकै वर्ष र यस वर्ष पनि बिआइटीएमका विद्यार्थीले जिल्ला प्रथम भएकाले भावी दिनमा त्रिविकै उच्च स्थानमा नतिजा ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको बताए । उनले आरम्भ कलेजमा बिआइटीएमतर्फ त्रिविको पाठ्यक्रमका अतिरिक्त आर्टिफिसियल इन्टिेलिजेन्सी, साइबर सेक्युरिटी, मेसिन लर्निङलगायत विषयमा पढाइ भइरहेको विभागीय प्रमुख भुसालले जानकारी दिए ।

    शैक्षिक नेतृत्व लिँदै आरम्भ

    आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालयबाट बिएचएमतर्फ ६६ र बिआइएमतर्फ ६६ गरी कुल १३२ जना विद्यार्थी पढाउन अनुमति पाएको छ । देशको मध्यभागमा रहेको चितवनको केन्द्रभाग भरतपुरमा २०८० साल भदौ महिनाबाट आरम्भ कलेजले आफ्नो सेवा आरम्भ गरेको थियो ।

    भरतपुर महानगरपालिका वडा नम्बर ११, नहरचोक नजिकै रहेको आरम्भ कलेजको स्थापना चितवनका पाँच र काठमाडौँका पाँच जना शिक्षाप्रेमीले २०७९ सालमा गरेका हुन् । कलेजको व्यवस्थापन र संचालनमा संलग्न व्यक्तिहरु दुई दशकभन्दा बढी शैक्षिक क्षेत्रमा काम गरिसकेका अनुभवी छन् । शिक्षकहरु पनि अनुभवी र ऊर्जावान छन् ।

    व्यवस्थापन संकाय अन्तर्गतका बिआइएम र बिएचएम शैक्षिक कार्यक्रमले प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम र सफल तुल्याउने प्राचार्य शिवाकोटी बताउँछन् । उनले भने, ‘व्यावहारिक, सैद्धान्तिक र समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुका लागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने र यसले चितवनको शैक्षिक नेतृत्व लिने कुरामा समेत हामी विश्वस्त छौँ ।’

    दस हजार वर्गफुटमा फैलिएको पाँचतले आरम्भ कलेजका सबै कक्षाकोठा पूर्ण वातानुकुलित छन् । दस हजार वर्गफुटकै अर्को भवन छ । कलेजमा सेमिनार हल, ल्याब र पुस्तकालय छन् । फुटसल, बास्केटबल र स्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए । इन्टर्नसीपका लागि स्थानीय र अन्तर्राष्ट्रिय तहमा पहल भइरहेको उनले बताए । उनले भने, ‘पढ्दै कमाउँदै भन्ने कलेजको लक्ष्य छ । अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो । त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटा अवसरका रुपमा आएको छ ।’

    आरम्भ कलेज संचालक समितिका अध्यक्ष सुरेन्द्र सुवेदी काठमाडौँ मोडल कलेजका प्राचार्यसमेत हुन् । आरम्भ कलेजले विद्यार्थीहरुलाई मनोवृत्ति, सीप र ज्ञानको सम्मिश्रणबाट शिक्षा दिने उनको दाबी छ । चितवनमा उच्चशिक्षा लिन चाहनेलाई काठमाडौँ वा विदेश जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा कलेज संचालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए ।

    कलेजले शैक्षिक, नैतिक पक्षसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको बौद्धिक र शारीरिक विकासका लागि खेलकुद, साहित्य र सिर्जनात्मक कार्यक्रमहरु अगाडि सारेको उनले जानकारी दिए ।

      शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा
      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
      कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा
      सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

      • २.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • ३.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ४.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ५.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      • ६.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • ७.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ८.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.