चितवन जिल्ला उत्पादक सहकारी संघ लिमिटेडले पशु विमा सम्बन्धि अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।
संघका अध्यक्ष किशोर वगालेको अध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दिपक खरालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ०८२/८३ को नितिगत कार्ययोजना आदिका बारेमा सहभागीलाई जानकारी गराइएको थियो । साथै दुग्ध किसानका समस्या र पशुको विमा सहजताका बारेमा सुझाव संकल समेत गरिएको थियो ।
सहभागीहरुले पशु विमा प्रक्रिया झन्झटिलो भएको, क्षतिपूर्ति प्राप्तिका लागि विभिन्न निकाय धाउनुपर्ने, दुधको भुक्तानी पाउनलाई कठिनाई, सङ्क्रमित रोगको उपचारमा ढिलाइ, रेविजको भ्याक्सिन अभाव, विमाले गाईं भैंसी अन्य पशु चौपायाको उचित मुल्य निर्धारण गर्न नसकेको आदि गुनासो गरेका थिए । किसानका जवाफको प्रत्युत्तरमामा कृषि बिज्ञहरुले तत्काल किसानका यि गुनासोलाई सम्बोधन गर्ने आश्वासन दिलाएका थिए ।
झन्डै ४० जना दुग्ध किसानको सहभागीता रहेको सो एकदिने तालिममा विमा प्राधिकरणका उपनिर्देशक बिनोद कुमार पोख्रेलले प्रशिक्षण दिनुभएको थियो । संघका सचिव कल्याण अधिकारीले सहजीकरण गरेको कार्यक्रममा संघका अध्यक्ष किशोर वगालेले कार्यक्रम बारे जानकारी गराउनुभएको थियो ।
