युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा अन्तर्गत माडी सेवाकेन्द्रकाे इकाइ सभा आज (विहीबार) सम्पन्न भएकाे छ ।
Advertisement
इकाइ सभामा प्रस्तुत संस्थाकाे वार्षिक प्रगति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहकारीेले ३ करोड ५३ लाख ९० हजार खुद मुनाफा आर्जन गरेको छ । त्यस्तै, वासलात अनुसार संस्थाको कुल सम्पत्ती २ अर्ब ५५ करोड ६० लाख ४१ हजार रहेकाे छ भने संस्थागत जगेडा कोष २१ करोड १८ लाख ५३ हजार रहेको उल्लेख छ । सहकारीको आर्थिक वर्ष २०८१/८२ सम्म कुल १० हजार ५६७ सदस्य रहेका छन् ।
माडी-३ बघौडास्थित माडी भिलेज रिसोर्टमा सम्पन्न इकाइ सभामा संस्थाका अध्यक्ष प्रेम कृष्ण खनालको अध्यक्षता रहेकाे थियाे । #PRD820602

