• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

ओलीले भने– ढुक्कले भन्छु, एमाले अजम्बरी छ

लोकप्रिय समाचार

  • १. ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : भदौ २३–२४ का दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

  • २. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ३. पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

  • ४. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

  • ५. प्रतिनिधि छनौट संकटदेखि पुनर्जागरणको सम्भावनासम्म : एमाले र नेपाली वाम आन्दोलनको भविष्यको बाटो

  • ६. एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

  • ७. दाङमा बस दुर्घटना, २२ यात्री घाइते

  • ८. दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

  • ९. भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

  • १०. म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

यातायात व्यवस्थापन सहज बनाउन निर्देशन, नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गर्नुभएको छ ।

    Advertisement

    छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिनुभयो । त्यसैगरी बाढी पहिरोले अवरुद्ध सडकहरु तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिनुभएको छ ।

    बैठकमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरुमध्ये सार्वजनिक सवारीसाधनहरु नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दसैँपछि त्यस्ता सवारीसाधनहरु प्रवेशसमेत गर्न पाउने व्यवस्था मिलाउन छलफल भएको घिसिङको सचिवालयले जनाएको छ ।

    काठमाडौँ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी सङ्ख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

    राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुवाहक सवारीसाधनहरुको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर लागू हुनेगरी ठूला भारबहन सवारीसाधनहरु ९१२ चक्के र सोभन्दा माथि० सञ्चालन नगर्न÷नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ । उक्त सडकखण्डका लागि खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने सवारीसाधनहरुलाई निरन्तर आवागमनको व्यवस्था मिलाउन भनिएको छ ।

    मुलुकभरका मुख्य सडकहरुलाई चुस्त–दुरुस्त राख्न, सुधार गर्न÷गराउन, पहिरोजन्य विपद्हरुको व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल–नारायणगढ सडकको दाउने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि सञ्चालनमा ल्याउनेगरी आवश्यक कार्य गर्नरगराउन बैठकले सडक विभागलाई निर्देशन दिएको छ ।

    आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत भएको छ । मुलुकभरिको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुनेगरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्नरगराउन सडक विभागलाई निर्देशन दिइएको छ ।

    आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीको उपस्थिति थियो ।

      शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा
      निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ
      धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट
      चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
      उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
      एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        माडी सम्भावना चुनौती र संबाहक हो

      • ३.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ४.
        ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस :

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान

      भर्खरै

      • १.
        सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

      • २.
        निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

      • ३.
        धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

      • ४.
        चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

      • ५.
        उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

      • ६.
        एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      • ७.
        म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

      • ८.
        पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.