• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ५. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ८. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ९. राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

  • १०. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकैसाथ सञ्चालनमा


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर १०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ्ग स्टोर सञ्चालनमा आएका हुन् ।

    Advertisement

    चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिविसी) र चितवन विजनेशन मार्टले सञ्चालन गरेको सेल्सवेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको हो । चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिबिसी) का कार्यकारी अध्यक्ष दिनुप बरालले एक लाख सात हजार स्क्वायरफिटमा फैलिएको कम्प्लेकसमा यी सेवा सञ्चालन गरिएको बताउनुभयो ।

    उहाँका अनुसार दुई तला अण्डरग्राउण्डसहित ११ तला रहेको उक्त कम्प्लेक्समा अण्डरग्राउण्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सवेरी, छ वटा तलामा होटल सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त अमेरिका, भारत, नेपाल लगायतका विभिन्न देशहरुमा चेन होटल सञ्चालन गरेको लड्र्स हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याईएको बरालले बताउनुभयो ।

    उहाँले भन्नुभयो “होटलमा ५८ वटा कोठा रहेका छन् । ती मध्ये प्रेसिडेन्टियल एक, स्वीट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्टान्डर्ड कोठा रहेका छन् ।” होटल शुभारम्भको अवसरमा सन् २०२५ भरी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँको भनाई छ ।

    होटलमा पाँच सय क्षमताको सभा कक्ष, एक सय क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीन वटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भन्नुभयो “रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।” भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

    कम्प्लेक्सको तीन वटा तलामा सेल्सवेरीको ३८ औं शाखा सञ्चालनमा आएको भन्दै उहाँले भन्नुभयो “ग्रोसरी, हाउसवयर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सवेरीमा रहेका छन् ।” कपडा, फर्निचर लगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सेल्सवेरीमा दसैं तिहारको अवसरमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं ।”

    भवनको अण्डरग्राउण्ड दुई तलामा पार्किङ्गको व्यवस्था गरिएको भन्दै उहाँले जहाँ चार पाङ्ग्रे (कार) ८० वटा र दुई पाङ्ग्रे (मोटरसाईकल स्कुटर) दुई सय वटा पार्किङका लागि सहज व्यवस्था रहेको बताउनुभयो ।

    उक्त भवन र होटलमा गरी कूल एक सय ६० करोड रुपैयाँ लगानी भएको जानकारी दिंदै बरालले सेल्सबेरीमा भने छुट्टै २५ करोड रुपैयाँ लगानी रहेको बताउनुभयो । यहाँका स्थानीय १८ जना व्यवसायीहरुको लगानी रहेको छ यो व्यवसायमा लक्ष्मी सनराईज बैंकसँग सहकार्य गरिएको छ ।

    तीब्र गतिमा विकास भईरहेको चितवनमा समयसापेक्ष व्यवसाय विस्तार गर्ने क्रममा यसमा लगानी गरिएको उहाँको भनाई छ । आम उपभोक्ताको ‘सपिङ्ग कल्चर’लाई मध्यनजर गर्दै उहाँहरुकै चाहना अनुरुपको सेवा सुविधा विस्तार गर्दै लैजाने योजना कम्पनीको रहेको बरालको भनाई छ ।
    यसैबीच कम्पनीले दसैं, तिहार, नेपाल सम्वत र छठको सम्पूर्ण नेपालीहरुमा शुभकामना समेत व्यक्त गरेको छ ।

      सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान
      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ४.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ५.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ६.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      भर्खरै

      • १.
        अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

      • २.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • ३.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ४.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ५.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ६.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ७.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ८.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.