• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ५. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ८. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ९. राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

  • १०. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा


  •   सोमबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
  • लेखक : नारायण पौडेल

    Advertisement

    विश्व राजनीतिमा कहिलेकाहीँ परम्परागत दल वा पुराना नेताभन्दा बाहिरका व्यक्तिहरू अचानक उदय हुन्छन्।

    जनअसन्तुष्टि, सांस्कृतिक प्रभाव, र लोकप्रियताबादको लहरलाई आधार बनाएर यी व्यक्तिहरू सत्तामा पुग्छन्। यस्तै उदाहरण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेपालको काठमाडौं महानगर प्रमुख बालेन शाह हुन्। दुवैको राजनीतिमा प्रवेशको शैली, लोकप्रियताको स्रोत, र सम्भावित पतनका कारणबीच उल्लेखनीय समानता देखिन्छ।

    राजनीतिमा प्रवेशको शैली :

    जेलेन्स्कीले  Servant of the People नामक टेलिभिजन सिरियलमार्फत “साधारण मानिसबाट राष्ट्रपतिको भूमिकामा पुगेको पात्र” अभिनय गरें।

    यही भूमिकाले उनलाई जनमानसमा भ्रष्टाचारविरुद्धको प्रतिमूर्तिको रूपमा स्थापित गर्‍यो। राजनीतिक दलमा लामो संघर्ष नगरी, सांस्कृतिक लोकप्रियता र जनअसन्तुष्टिलाई आधार मानेर उनी सत्तामा प्रवेश गरें।

    ठिक त्यसै गरि बालेन शाह : र्यापर, अभियन्ता र स्वच्छ छविका रूपमा स्थापित भएका उनले दलहरूको भ्रष्टाचार र असक्षमताविरुद्ध युवा पुस्ताको आवाज बने। लोकप्रियता, सामाजिक सञ्जालको पहुँच, र जनअसन्तुष्टिलाई आधार बनाएर उनी मेयरमा निर्वाचित भए।

    यसरी, दुवै नेताको उदय सांस्कृतिक प्रभाव  र  जनअसन्तुष्टिको संयोजनबाट भएको देखिन्छ। अर्थात दुबैको राजनितिमा प्रबेश गर्ने शैलीमा एकरुपता पाइन्छ ।

    चुनौती र असफलताको सम्भावना :  

    जेलेन्स्कीले निम्त्याएको युद्धको विनाश अर्थात् रूस–युक्रेन युद्धले युक्रेनको भौतिक संरचना, अर्थतन्त्र र सामाजिक संरचनामा पारेको गम्भीर असर अनि पश्चिमी हस्तक्षेप अर्थात प्रारम्भमा पश्चिमी मुलुकहरूले समर्थन गरे पनि लामो युद्धले युक्रेनलाई “रणभूमिमा अल्झाइदिएको” कारण बढदो जनअसन्तुष्टि ; भूमि लुटिनुको पीडा, युवा पुस्तामा युद्धले पारेको मानसिक प्रभाव (खुट्टा काट अभियान : युद्ध को डरले आफ्नो खुट्टा आफै काटेर युद्धको सन्त्रासबाट जोगिने) र भूमिगत प्रदेश गुमाउनुपरेको पीडाले जेलेन्स्कीको लोकप्रियता कमजोर हुँदै गएको छ भने नेपालको सन्दर्भमा बालेनको Digital Command मा संचालित जेनजि आन्दोलनले युवाको ऊर्जा र असन्तुष्टिलाई राजनीतिक आन्दोलनमा परिणत त गर्‍यो ।

    तर भौतिक उपस्थितीको नेतृत्व बिहिन आन्दोलनमा अराजकता, असंगठितता, स्वार्थ समुहको घुसपैठ र विदेशी हस्तक्षेपको आशंका आज विभिन्न जेनजि समुहका नेता र सञ्चार  माध्ययममा खुलम खुल्ला सार्बजनिक हुँदै आएका छन यसले बालेन स्वयंलाई यदि आन्दोलन सफल नहुने आन्दोलनका मुल उद्देश्य पूरा नहुने वा बाह्य शक्ति केन्द्रसँग जोडिएको आरोप यसरी नै अझै पुष्टि हुँदै जाने हो भने, यही आन्दोलन उनको राजनीतिक पतनको कारण बन्न सक्छ भनेर जेन जि कै विभिन्न समूह भनिरहेका छन । अर्थात् दुबैको राजनिती पतनको कारणमा पनि एकरुपता नै हो कि भन्ने प्रसस्त आधारहरु भेटिन थालेका छन ।

    यसरी विश्लेषण गर्दा दुबै नेताका समानताका बिन्दुहरु यसरी पनि प्रस्तुत गर्न सकिन्छ ।

    • राजनीतिमा प्रवेश : परम्परागत दलबाट होइन, सांस्कृतिक प्रभाव र लोकप्रियताबादबाट ।

    • लोकप्रियता को कारण : जन असन्तुष्टि , दल र नेताप्रतिको आक्रोशलाई भजाएर  ।

    • बाह्य प्रभावको आरोप : जेलेन्स्कीमाथि पश्चिमी हस्तक्षेपको, बालेनमाथि विदेशी उक्साहटको।

    • सम्भावित पतन : युद्ध र आन्दोलन—दुवै नेताको पतनको आधार बन्न सक्ने।

    बालेन शाह र भोलोदिमिर जेलेन्स्की राजनीतिक इतिहासमा फरक मुलुक र सन्दर्भका पात्र भए पनि, प्रवेश शैली, जनअसन्तुष्टि, बाह्य शक्ति प्रभाव, र सम्भावित पतनका कारण मा उल्लेखनीय समानता देखिन्छ। युक्रेनमा युद्धको खरानीले जेलेन्स्कीलाई कमजोर बनाएको छ भने, नेपालमा आन्दोलनको असफलता वा विदेशी प्रभावले बालेनलाई चुनौती दिन सक्छ। यसरी, दुवै नेताको राजनीतिक यात्रा जनताको आशा र पीडाको तराजुमा नापिने देखिन्छ।

    लेखक : नारायण पौडेल
    माडी ३ बसन्तपुर

      सोमबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।
      पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र
      कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई
      “मानव असन्तुष्टि प्राणी हुन तर सन्तुष्टि आफै नै बन्नुपर्छ”

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ४.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ५.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ६.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      भर्खरै

      • १.
        अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

      • २.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • ३.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ४.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ५.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ६.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ७.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ८.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.