भवितव्यले केही लोभिपापी आसेपासे र झुन्ड बोकेर आजिवन पाटी ह्त्याउन खोज्दै देशकै नेतृत्वमा पुगेर स्वच्छाचारी तवरबाट हिड्न खोज्ने केपि ओलिबाट एमाले कार्यकर्ताले पाटी जोगाउन सकेनन । हुनत ओलि त्यसै बनेका पनि हैनन इतिहासले केही राम्रा पक्षबाट पनि पक्कै सम्झन्छ होला । चिनसगको पारवहन सन्धी , चुच्चे नक्सा , बिकासका सपना देख्नु सकारात्मक पक्ष मानिन्छन । उनका केही सकारात्मकता लाई जयजयकार गर्ने आसेपासे र आफ्नो अहंकारले गर्दा धमिलो बनाइरह्यो ।
आफ्ना वरपरका झुन्डलाइ संबैधानिक ठाउहरुमा भर्ती गर्दै इमानदार कर्मचारीहरु पाखा लगाउनु उनको लागि सामान्य थियो । अरुको नजरमा ओलि आफू र आफ्ना बाहेक पाटी न देशको माया हुने ब्यक्ति थिए । उनले देखाउने राष्ट्रियता खोक्रो हो भन्दै कार्यकर्ताले आलोचना गर्दै आएका थिए। कार्यकर्ता माझनै यिनले एकदिन पाटी पनि सक्छन र आफू पनि सकिन्छन भन्ने गुनासा सुनिइरहन्थ्यो। यो अवस्थामा पनि Gen -z को केही घन्टाको आन्दोलनले उनको इतिहासमानै कालो पोतिदिदै अहंकारलाई अगार बनाइदिनु ठूलो उपलब्धि हो ।
नयाँ पुस्ताले गरेको आन्दोलनमा एकैदिन १९ जना मारिनु र सयौ घाइते हुनुले नै बताउछ कि यो देशमा के के तन्त्रहरु आएकै थिएन । गोलिहान्न आदेश दिने गृहमन्त्री, प्रहरी प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु कुनै तानाशाह भन्दा कम छैनन । आन्दोलनका क्रममा हुने मुडभेट , तोडफोड लाई सामान्य नै मानिन्छ । युवा पुस्ताले गरेको आन्दोलन केही आक्रोसित हुनु स्वभाविक पनि हो । अहंकारीहरुलाइ सदाका लागी लखेट्नु र भ्रष्टाचार गरेर ठड्याइएका निजि महल ढल्नुले सबैलाइ खुसिनै बनाएको छ।
तर पनि यस आन्दोलनले धेरै मनहरुलाइ अशान्त बनाएको छ । हिजो यिनै नेताहरू परिवर्तनको नाममा कयौं निमुखा जनता मारे, कतिको घर जलाए, कयौंको धनमाल लुटे आज जेनजीको आन्दोलनले देश जल्यो, इतिहास जल्यो, नेपाल आमाका सपुतहरू ज्यान गुमाउनुपर्याे । आखिर देशकाे खातिर त जनता नै मर्नुपर्ने रहेछ ।
आन्दोलनको धमिलो पानीमा रास्वपा पाटी र दुर्गा प्रसाईं जस्ताले भरपुर खेले भने माओवादी र राप्रपाले आशिंक लाभ लिए । संसय बाकिनै रह्यो नया पुस्ताको यो आन्दोलन र पाएको अमुल परिवर्तन लाई कतै अन्तै मोडमा त पुर्याउने हैनन ? अन्योलताले देश दशकौ पछाडी धकेलिने त हैन ? फेरि देशको बागडोर चारित्र माथी दाग लागेकाले त लिने हैनन ? आन्दोलन तयारी गर्दा यति धेरै इतिहास मेटिन्छन र खरानी बन्दछन भन्ने आकलन गरिएको थियो ? देशमा भएका कैदिबन्दी छुटाउने उदेश्य राखिएको थियो ? अझ आन्दोलनको नाममा लुट धन्दा र आफ्नो स्वार्थपुर्ती गर्ने जमातलाइ रोक्नुपर्छ भन्ने हेक्का थियो? यस्ता यस्ता प्रश्नैप्रश्नले कयौको मन गिजोलिइरहेको छ।
गिजोलिइरहेको मनहरुले आन्दोलनको क्षती , गुमाइएको काख , भबिश्यको सपना मडारिरहेको देखेका छन । आन्दोलनरत नेतृत्वले दुखेका मन हरुमा मलमपट्टी लगाउन सक्लान कि नसक्लान भन्ने कौतुहलताले भुमरी खेलिरहेको छ । केही भ्रष्टाहरुको घरमा राको लगाउदा हास्ने मनलाई सयौ बर्षदेखी ठिङ्ग उभिएका इतिहासहरुमा धुवाको मुस्लो निस्कदा सकुन मिल्ला र ?
जे भयो भै सक्यो अब फर्किदैन तर फेरि नेतृत्वलिने ब्यक्ती र आन्दोलनका अगुवाहरुले बिवेक पुर्याउदै संयमित भएर पुन: देशलाइ उठाउनु लाग्नुपर्ने छ। अरुलाइ गालिगरे जस्तो आफुले काम गर्न सजिलो छैन त्यसका लागि देशमा भ्रष्टाचार छैन भन्ने देखाउनु नै हो, हेक्का रहोस । देशको मुहार फेरिनेगरी नयाँ योजना र जोस सगै काम गर्न सकियो भने मात्रै गिजोलिएका मनहरुले शान्तिको सास फेर्ने छन ।
यदि यस्तो हुन सकेन भने केही बर्षमै फेरि अहिलेका आन्दोलनकारिको बिरुद्दमा अर्को ठूलो आन्दोलन गर्नुपर्ने हुनेछ र नेपालिहरुको मन फेरि गिजोलिइरहने छ ।
– सुलभबन्धु पाेख्रेल (माडी-३, बसन्तपुर, चितवन)