लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ आर, क्लस्टर नम्बर ३ को आयोजनामा तथा होटल व्यवसायी संघ चितवनको सहकार्यमा शुक्रबार भरतपुरमा बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।
Advertisement
मानवताको सेवा र सामाजिक उत्तरदायित्वप्रति समर्पित “रक्तदान–जीवनदान” अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रममा ३०७ जनाले रक्तदान गरेका छन् ।
मेडिकल सिटीका रूपमा परिचित चितवनमा पछिल्लो समय रगतको अभाव बढ्दै गएपछि लायन्सले बृहत रक्तदान कार्यक्रम गरेको हो ।
