ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, नारायणगढको आयोजनामा आज भरतपुरमा ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा बृहत् प्रवचन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आध्यात्मिक जगतकी अन्तर्राष्ट्रिय वक्ता ब्रह्मकुमारी शिवानी दिदीले मानवीय जीवनलाई स्वस्थ राख्ने उपाय, चिन्ता–तनावमुक्त जीवनशैली र डिप्रेशनबाट मुक्ति सम्बन्धी मार्गदर्शन प्रदान गर्नुभयो।
भरतपुर–१० स्थित होटल सिएमटीमा आयोजित कार्यक्रममा चितवनका विभिन्न क्षेत्रका सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
शिवानी दिदीले समाजमा बढ्दो अशिक्षा र ईर्ष्यालु व्यवहारका कारण संस्कार हराउँदै गएको बताउँदै, सत्कारी जीवनशैली अपनाउन आजैदेखि शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै प्रतिस्पर्धायुक्त समाजका कारण व्यक्तिमा मनोबैज्ञानिक असर पर्दै गएको बताउनुभयो । उहाँले एक अर्काबीच सुमधुर सम्बन्ध कायम भएमा मात्र शान्ति, एकता र सद्भाव कायम हुने जिकिर गर्नुभयो ।
#PRD0820716
