• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

ओलीले भने– ढुक्कले भन्छु, एमाले अजम्बरी छ

लोकप्रिय समाचार

  • १. ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : भदौ २३–२४ का दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

  • २. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ३. पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

  • ४. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

  • ५. प्रतिनिधि छनौट संकटदेखि पुनर्जागरणको सम्भावनासम्म : एमाले र नेपाली वाम आन्दोलनको भविष्यको बाटो

  • ६. एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

  • ७. दाङमा बस दुर्घटना, २२ यात्री घाइते

  • ८. दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

  • ९. भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

  • १०. म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र


  •   सोमबार, कार्तिक २५, २०८२ मा प्रकाशित
  • प्रिय रवि दाइ नमस्ते !

    Advertisement

    हुन त, म तपाईंलाई त्यति नजिकबाट नियालेको त छैन । फेरि हामी आफन्त त के गोरु बेचेको साहिनोपनि छैन । न हामी संगै बसेर चियाकफी नै खाएका छौं । बस् म तपाईंलाई चिन्छु, तर तपाईं मलाई चिन्नुहुन्न फरक यति हो ।

    म तपाईंसंग प्रत्यक्ष भेटेर चिनापहिचान नगरेपनि टिभीमा तपाईंलाई हेरेर मेरो एकोहोरो चिनाजान भएको छ । सायद ति दिनको सम्झना अझै आउँछ । हुन त, तपाईंको पत्रकारिता रेडियो यात्राबाट नै सुरु भयो भन्ने लाग्छ, सायद तपाईंलाई रेडियोमा नसुनेपनि टिभीमा राम्रोसँग हेर्दै र सुन्दै आएको हुँ ।

    जहाँ मपनि केही समय धन कमाउने लोभमा मलेसिया गएको थिए । बेलुकी ९ बजे यहाँको कार्यक्रम मज्जाले हेर्ने गर्थे । यहाँले कयौं चेलीलाई उद्घार गर्नुभयो । बिदेशमा अलपत्र परेका युवालाई स्वदेश फर्काउन यहाँले गरेको त्यो पहल मेहनत चाहेरपनि भुल्न सकिदैन ।
    दाइ तपाईंलाई असफल बनाउन कयौं शक्ति लागें र लागिरहेकै छन् । तर तपाईंले कहिल्यै हार मान्नु भएन । तपाईं भित्रको त्यो साहस अनि आँट सायद कमैमा होला भन्ने लाग्छ ।

    हुन त, सत्य बोल्दा कसैलाई तितो लाग्न सक्ला, रविको बारेमा लेख्दा फेरि कसैकसैले अन्धभक्त भन्लान् । भनुन् खैर केही छैन, तर भन्नेका मुख कसले थुन्न सक्छ र । हुन त, यो स्वार्थी समाज जिउँदो छँदा तिरस्कार र मरेपछि सम्मान गर्ने त पर्यो । मलाई याद छ, जसरी अहिले जेन्जी पुस्ताले भ्रष्टाचार, बेथिति र अनियमितताका विरुद्धमा आवाज उठायो । यो माग त रवि लामिछाने एक्लैले पत्रकारिता जगतबाट उठाएका हुन् ।

    जब पहिलो पटक संसदमा उभिएर रविले नै भ्रष्टाचारीका फाइल खोल्ने र दोषी देखिएका कसैलाई नछाड्ने भनी छातीमा हात राखि कसम खाएका थिए । फेरि अर्को उनले, संसदमा उभिएर तत्कालीन समयमा प्रधानमन्त्री बनेका प्रचण्डलाई लक्षित गर्दै, मुटु कमजोर भयो तपाईंको भन्दै मुटु कमजोर नबनाउन सुझाव दिएका थिए । फाइल खोल्न एउटा फिष्टे चराको छाती भएकाले होइन, सिंहको जस्तो मुटु भएकाले फाइल खोल्नुपर्यो क्या भन्दै बोलेको सायद अझै कहिँ कतै मिडिया र सामाजिक संजालमा भेटिन्छ ।

    उसो त, रवि नाम लिनासाथ भ्रष्टाचारी, दलाल, कमिसनखोरीको भागाभाग हुन्छ । रवि दाइ तपाईं एउटा नेता भएपनि म अझै पत्रकार भनेर सम्झन्छु, किनकी तपाईं कुनै बेला एउटा माइक, क्यामेरा र साथमा कलम लिएर जनतालाई न्याय दिलाएको अरुले बिर्सिएपनि मैले बिर्सिएको छैन । तर केहीले अझैपनि धारे हात लगाइरहन्छ्न् खै किन हो अझै मैले बुझ्न सकेको छैन ।

    तपाईंले कालिकोटको बिकट ठाउँमा रास्कोट अस्पताल खोलेको, मुसहर बस्तीहरुमा भुकम्पका बेला घर बनाएको, कोरोनाको समयमा जनतालाई खाना, औसधि र अक्सिजनका सिलिन्डर उपलब्ध गराएको, बिदेशमा दुख पाएका कयौं चेलिको उद्घार गरेको, स्वदेशमा मच्चिएको ठगीधन्दाको न्यूनीकरण, कति छन् कति तपाईंले गरेका राम्रा कामहरू बयान गरेर र सम्झिएरै सकिदैंन । तपाईंले जेल पर्दै गर्दा लेखेको आत्मकथा पनि अध्यन गरें । त्यो आत्मकथा पढ्दै गर्दा मेरा आँखा बाट आँसु खसेको पत्तै पाइन । कति धेरै दुख अनि संघर्ष गरेर आज यो स्थानमा आउन सफल हुनुभएको रहेछ त्यो आत्मकथाबाट प्रष्ट हुन पाएँ ।

    हुन त, तपाईं जत्तिको दर्हो मुटु र आत्मबिश्वासी मान्छे अरु छैन जस्तो लाग्यो । किनभने यति धेरै पिरको पहाड बोकेरपनि तपाईं भित्रको त्यो आत्मबिश्वास, साहस देख्दा, निडर देख्दा लाग्छ, तपाईंले एकदिन पक्कै न्याय पाउनुहुन्छ भन्ने लाग्छ ।

    फेरि अर्को कुरा लेख्नै बिर्सिएछु, जुनदिन रवि दाइ तपाईंले संसदमा उभिएर पहिलोपटक गृहमन्त्री बन्दै गर्दा भ्रष्टाचारीका फाइल खोलेरै छाड्ने कसम खानुभयो हो त्यहीदिन देखि तपाईंलाई गिराउने योजना बुने जस्तो लाग्छ । किनकि त्यहाँदेखि बाट नै तपाईं खेदिनुभएको छ, एकचोटि याद गर्नुस् त, अबश्य महसुस गर्नुहुन्छ ।

    हुन त, म कुनै राजनीतिक बिश्लेषक पनि होइन, ज्योतिषीपनि होइन । म एउटा पत्रकार भएको नाताले बिचार राखेको हुँ । फेरि मेरो यो बिचार सबैलाई मन पर्नुपर्छ भन्नेपनि छैन । फेरि म अरु जस्तो अबसरबादीपनि परिन । पैसाको लोभमा गुणगान गाउने अनि नहुँदा बिसालु सर्पझैं डस्ने म पक्कै होइन । मेरो आफ्नै स्वाभिमान छ, कसैलाई गिराएर मलाई पैसा कमाउनुपनि छैन । पत्रकारिताको यात्रामा १५ बर्ष निरन्तर पत्रकारितामा रहँदै गर्दापनि आजसम्म एउटा साधन छैन ।

    तर स्वाभिमानी भएर बाँचेको छु ।कहिले पैदल त, कहिले गाडी चडेरै भएपनि निरन्तर पत्रकारितामा छु । म अरु जस्तो पैसाको लोभमा पछि दौडिएको भए, झुटा समाचारको पक्षमा उभिएको भए, विभिन्न सामन्ति, दलाल र नेताहरूको आसेपासे भएको भए आज म यो अबस्थामा नभई दुनियाँले औंला ठड्याउने ठाउँमा हुने थिए ।

    त्यसैले त म भन्छु, इमानदारी भए कसैका अगाडि शिर झुकाउन र भोको पेट बस्नु पर्दैन । तपाईं अन्यायमा पर्दै गर्दा तपाईंलाई न्यायदिलाउन मैलेपनि हस्ताक्षर गरेको भिडियो सार्वजनिक गरें ।

    त्यहाँदेखि केही क्याउक्याउ गरिरहेका छन्, अन्धभक्तको संज्ञा दिएका छन् । मेरो भनाइ यत्ति हो, हिजो रवि निर्दोष छ भन्ने यिनै दलका नेता, छानबिन समिति बन्दा रविको तथ्य प्रमाण भेटिएन भन्नेहरु, सहकारी प्रकरणमा कहिकतै जोडिएको देखिएन भनेर आएका प्रतिक्रिया, कहिकतै रविको संलग्नता नदेखिनु र सहकारी पीडितले रविलाई नै अन्याय गरियो भन्ने अभिव्यक्ति दिनु, फेरि दुईपटकसम्म जनताकै मन जितेर रवि आउनु, र आजसम्म रविका बारेमा ठोस आधिकारिक प्रमाण नआउनु अनि उता पुराना दलका नेताहरु विभिन्न भ्रष्टाचारीमा मुछिदापनि कारबाही नगरिनु, रवि भन्दा ठुला काण्ड भएका भ्रष्टाचारीहरुले उन्मुक्ति पाउनु, एकैदिन बयान लिएर त्यहीदिन घर जान पाउने अनि दुईदुईपटक यो देशको गृहमन्त्री भएको मान्छे भागेर जाने ठाउँपनि छैन तर पनि यति धेरै राजनीतिक प्रतिशोध किन गरियो भन्ने हो ।

    हिजो कांग्रेसले प्रधानमन्त्रीको अफर गर्ने, ओलीले रवि सहकारी दोषी होइन भन्दै संसदमा गर्जिनु । फेरि आज उल्टै रविको विरुद्धमा तिनै व्यक्ति उभिनु देख्दा यो प्रतिशोध नभए के हो त ? अचम्म लाग्छ, छि कस्तो फोहोरी राजनीति आफ्ना पक्षमा भए स्याबासी नभए रुवाबासी गर्ने प्रवृत्ति र दुइजिब्रे व्यबहार राम्रो भएन भन्ने हो ।

    फेरि रवि दाइ, आजभोलि तपाईं पत्रकार, नेता मात्र नभई ज्योतिषपनि हो जस्तो लाग्छ । किनभने, तपाईंले बोलेका कुरा पुरा हुँदै गएका छन् । हिजो पत्रकार हुँदा बोलेका कुरा र आज नेता हुँदा बोलेका कुरा पुरा हुँदै गएको छ । अरु कुरा छोडौं चितवन जिल्ला अदालतमा बयान दिएर फर्किनेक्रममा नेताहरूले यति ठुलो खाडल खने, मलाई मात्र पुर्ने खाल्डो नभई मलाई पुर्ने खाल्डोमा यिनिहरु सबै जाकिन्छ्न् भनेका थिए ।

    त्यस्तै पक्राउ पर्ने क्रममा यिनिहरुको अन्त्य एकदिन निश्चित छ भनेका थिए । त्यस्तै पत्रकारितामा हुँदा माधव, प्रचण्ड झलनाथ आखिर एउटै कित्तामा आउछन् भनेकोपनि पुरा हुँदै गएको छ । सबै विषयमा अब्बल तपाईं साच्चै कलाकार पनि होक्यारे जस्तो लाग्छ, किनभने, को बन्छ करोडपतिमा पनि मिठो स्वरमा गीत गाएको सुनें । त्यसैले तपाईं बहुप्रतिभाको खानी हो । तपाईंको प्रगतिको रिस र डाहा गर्नेहरु जति नै धारे हात लगाएपनि एकदिन ति हातहरु तपाईंलाई नमस्ते गर्नेछन् ।

    मलाई लाग्छ, यो देश बनाउने अब तपाईंले नै हो । किनभने, तपाईंको साहस कृष्ण भगवानको जस्तै छ । त्यसैले तपाईं कलियुगको कृष्ण हो । तपाईंको एकदिन अबश्य जित हुनेछ । रात जति नै कालो भएपनि बिहानी नभएको इतिहास छैन ।

    अन्त्यमा तपाईं अदालतबाट निर्दोष भएर आएको दिन यो देशको चाबी तपाईंकै हातमा आउनेछ ।

    बाँकी अर्को भेटमा

    पत्रकार : अजित अधिकारी
    भरतपुर, चितवन

      सोमबार, कार्तिक २५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      प्रतिनिधि छनौट संकटदेखि पुनर्जागरणको सम्भावनासम्म : एमाले र नेपाली वाम आन्दोलनको भविष्यको बाटो
      माडी सम्भावना चुनौती र संबाहक हो
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        माडी सम्भावना चुनौती र संबाहक हो

      • ३.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ४.
        ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस :

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान

      भर्खरै

      • १.
        सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

      • २.
        निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

      • ३.
        धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

      • ४.
        चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

      • ५.
        उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

      • ६.
        एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      • ७.
        म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

      • ८.
        पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.