चितवन र तनहुँमा पर्ने पवित्र भूमि देवघाटमा आज बालाचतुर्दशीका दिन शतविज छर्नेको घुइँचो लागेको छ ।
Advertisement
विशेषगरि यहाँ पितृउद्धारको कामना गर्दै प्रत्येक बर्षका बालाचतुर्दशीमा शतविज छर्न आउनेको घुइँचो लाग्ने गरेको हो ।
यसैगरी दर्शनार्थीहरुले आफ्ना मृत भएका आफन्त परिवारका सम्झनामा रातभर जागा बसेर बत्ति बाल्ने समेत गरिन्छ । यसरी बत्ति बाल्दा पाप नाश हुने, मृत्यु भएका आफ्ना आफन्तहरुको बैकुण्ठमा बास हुने जस्ता धार्मिक बिश्वास छन् ।
यहाँ शतविज छर्न देशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् । जौँ, धान, तिल, गहुँ, तोरी, मास, केराउ, मुला लगायतका अन्न बालीहरु छर्ने गरिन्छ । यसरी शतविज छर्दा मृत्यु भएकाहरु भोको बस्न नपर्ने धार्मिक जनबिश्वास छ ।