चितवनको माडी–१ गर्दिमा बगहीबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाकाे घटनास्थलमै ज्यान गएको छ ।
Advertisement
मृत्यु हुनेमा माडी–१ सेरुवा निवासी ६२ वर्षीय फिरल महतो रहेका छन् । दुर्घटनामा बसमा सवार केही यात्रुहरू घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बसन्तपुरस्थित बघौडा अस्पताल पुर्याइएको प्रहरी चौकी बरुवाका प्रहरी सहायक निरीक्षक विनोद ठाकुरले जानकारी दिनुभयो ।
दुर्घटनापछि बस सडकबाट तल खेतमा खसेको थियाे । घटनापछि बस चालक र सहचालक दुवै फरार रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा स्थानीयले शव उठाउन दिएका छैनन् र उनीहरूले घटना बारे निष्पक्ष छानबिनको माग गरेका छन् ।

