नवलपरासी (ब.सु.पूर्व) कावासोती–१६ डण्डा बजारमा गए राति मोटरसाइकललाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा चालक ४२ वर्षीय हीराबहादुर परियारको मृत्यु भएको छ।
Advertisement
पछाडि सवार दुई जना महिलाहरू गम्भीर घाइते भएका छन् । उनीहरूको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

