भारतीय सीमामा कडाइ भएपछि अवैध अण्डा भित्रिन रोकिएसँगै नेपाली व्यवसायीले अन्ततः अण्डाको लागत मूल्य पाएका छन्।
Advertisement
नेपाल लेयर्स कुखुरापालक संघले नयाँ मूल्यसूची सार्वजनिक गर्दै अण्डाको मूल्य प्रति क्रेट (३० वटा) रु ५५ ले वृद्धि गरेको छ। अब एक्सएल अण्डा रु ५२०, ठूलो रु ५०५ र मिडियम रु ४९० निर्धारण गरिएको छ।
संघका अनुसार भारतमा चुनावका कारण त्यहाँको खपत बढेको र सीमा कडाइ भएकाले अवैध अण्डा नेपाल प्रवेश नगरेको हो। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६.५७ पर्ने भएकाले हालको दरले किसानले लागत बराबरको मूल्य पाउन थालेका छन्।
#PRD0820807

