देवघाट गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले आर्थिक वर्ष २०८२/८३ का लागि बंगुर प्रवर्दन कार्यक्रम सञ्चालन गर्न इच्छुक निजी फर्म, कृषक समूह तथा सहकारी संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। गाउँपालिकाले २०८२/ मंसिर ०९ मा पहिलो पटक सूचना सार्वजनिक गरेको हो ।
कार्यक्रम अन्तर्गत खोर निर्माण तथा सुधार, आहार व्यवस्थापन, औषधी उपचार/परजीवी नियन्त्रण, खोप कार्यक्रम तथा जैविक सुरक्षा जस्ता गतिविधिमा सहभागी हुन सकिनेछ। माग अनुसार सञ्चालन हुने उक्त कार्यक्रमका लागि रु. ४ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । र तालिम, गोष्ठी तथा प्राविधिक सेवाबाहेकका कार्यमा बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ।
सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्र प्रस्ताव दर्ता गर्न सकिनेछ। फाराम तथा कार्ययोजना ढाँचा गाउँपालिकाको वेबसाइटबाट डाउनलोड गर्न वा कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ।

