भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा व्यापार, नवप्रवर्तन, सुशासन र दिगोपनासम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। कलेजले मंसिर १२ र १३ गतेसम्म सम्मेलन आयोजना गरेको हो।
सम्मेलनको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज केसीले गर्नुभयो। दुई दिन चल्ने सम्मेलनमा आठ वटा टेक्निकल सेसनमार्फत ७६ वटा अनुसन्धान शोधसार प्रस्तुत हुँदैछन्, जस मध्ये ४१ वटा बोस्टन कलेजका विद्यार्थी तथा संकाय सदस्यका छन्।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया, त्रिभुवन विश्वविद्यालयका डिन प्रा. डा. महानन्द चालिसे, तथा पोखरा विश्वविद्यालयका डिन प्रा. डा. ज्ञानेश्वर शर्मा लगायतका अतिथिहरू सहभागी छन्।
नेपालसहित मलेसिया, इटली, भारत, हङकङ र अष्ट्रेलियाका विज्ञहरूले की–नोट प्रस्तुत गर्ने सम्मेलनमा करिब १५० शैक्षिक तथा अनुसन्धान व्यक्तित्वको सहभागिता रहने कलेजले जनाएको छ। सम्मेलनले बहुविषयक अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा दिगोपनालाई व्यापार, नवप्रवर्तन र सुशासनमार्फत कार्यान्वयन गर्ने उपायमा केन्द्रित बहसलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
