माडी जेसीजको वर्ष २०२६ का लागि जेसी प्रकाश सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
माडी–६ स्थित माडी भ्यु सामुदायिक होमस्टेमा शनिबार सम्पन्न वार्षिक साधारण सभा तथा सातौँ शाखा अधिवेशनबाट सुवेदी भारी मतले अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । भने अन्य कार्यसमिति सर्वसम्मतिले चयन गरिएको समितिले जनाएको छ ।
१७ सदस्यीय नयाँ कार्यसमितिमा ५ जना सदस्यहरू पछि मनोनयन गर्ने व्यवस्था गरिएको छ। नयाँ नेतृत्वमा कार्यकारिणी उपाध्यक्षका रूपमा जेसी प्रशमा पौडेल र जेसी प्रवीण गौतम चयन भएका हुन् । त्यस्तै, उपाध्यक्षहरूमा जेसी कालिका पौडेल, जेसी दुर्गाकिरण सापकोटा र जेसी अर्जुन सापकोटाले जिम्मेवारी पाएका छन्।
निर्देशकका रूपमा जेसी सफल गौतम, जेसी जीवन खनाल, जेसी सन्देश बराल र जेसी अनिता थापाले नेतृत्व सम्हाल्ने भएका छन्।
अधिवेशन संस्थाका निवर्तमान अध्यक्ष जेसी ईश्वर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो। नयाँ कार्यसमितिले संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउन योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।
#PRD0820813

