नवलपुरमा धान उत्पादन बढेको छ। कृषि विकास कार्यालयका अनुसार चालु वर्ष जिल्लामा ७८ हजार ५०६ मेट्रिक टन धान उत्पादन भएको छ, जुन गत वर्षको ७१ हजार १२१ मेट्रिक टन भन्दा ७ हजार ३८५ मेट्रिक टन बढी हो।
Advertisement
जिल्लामा यस वर्ष १८ हजार ६९२ हेक्टरमा धान खेती गरिएको छ। आकाशे पानीमा भर पर्ने क्षेत्रका कतिपय ठाउँमा रोपाइँ घटे पनि उत्पादकत्व बढेर ४.२ मेट्रिक टन प्रति हेक्टर पुगेकाले कुल उत्पादन वृद्धि भएको कृषि अर्थ विज्ञ सञ्जय ढकालले जानकारी दिनुभयो ।
नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, रामधान, हाइब्रिड तथा स्थानीय जातका धान मुख्य रूपमा खेती गरिन्छ। बर्खे धानसँगै करिब १,२१० हेक्टरमा चैते धानखेती पनि हुँदै आएको छ।
