तनहुँको व्यास–१३, बेनीकोट गाउँका किसानले यस वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गर्न सफल भएका छन्।
Advertisement
स्थानीय किसान फलबहादुर थापाले मात्र १६ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री भएको बताउनुभयो। अन्य किसानहरू जस्तै कालबहादुर राना र मनसिंह थापाले पनि लाखौँ मूल्यका सुन्तला बेचेर राम्रो आम्दानी गरेका छन्।
सदरमुकाम दमौली नजिकै भए पनि भिरालो सडकका कारण ढुवानीमा केही समस्या रहेको व्यवसायीहरूले बताएका छन्।
बेनीकोटका सुन्तला काठमाडौं, चितवन, पोखरा लगायतका बजारमा पठाइन्छ। मङ्सिर महिनाभर किसानहरू सुन्तला टिप्न र बेच्न अत्यन्त व्यस्त रहने गरेका छन्।
#PRD0820817
