क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले फागुन २१ गते तोकिएको आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ।
Advertisement
महासचिव सीपी गजुरेलको अध्यक्षतामा मंसिर १६–१७ गते बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले निर्वाचन बहिष्कार गर्ने नीतिलाई औपचारिक रूपमा पारित गरेको हो।
पार्टीले हालको राजनीतिक परिस्थितिलाई “विदेशी शक्तिको हस्तक्षेपमा चलायमान कठपुतली सरकार” भनेर आरोप लगाउँदै राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत संयुक्त मोर्चा निर्माण, स्वाधीन संयुक्त सरकार गठन तथा नयाँ जनसंविधान निर्माणका मार्गमा अघि बढ्ने निर्णय गरेको छ।
निर्वाचन बहिष्कारको निर्णयसहित पार्टीले “सत्ता र व्यवस्थाविरुद्ध भण्डाफोर गर्दै क्रान्तिकारी आन्दोलनलाई सुदृढ बनाउन” विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
