भरतपुर महानगरको सिटीहल, जुन २७ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ मंसिरमा ठेक्का भएको थियो ।
Advertisement
समयावधि पाँच वर्ष बित्दासमेत अधुरै छ। हालसम्म ६७ प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी द्रोणमानदेव कटुवालले जानकारी दिनुभयो ।
हुरीका कारण २०८२ जेठमा ट्रस्ट उडाएपछि काम १० महिनादेखि रोकिएको हो। तीनपटक म्याद थपिँदा पनि प्रगति सुस्त रहँदै आएको छ भने नयाँ डिजाइनअनुसार ट्रस्ट पुनर्निर्माणको काम अहिले मात्र अघि बढिरहेको छ।
रु १ अर्ब २० करोड लागत अनुमान भएको सिटीहल इन्डो सगुन रौताहा जेभीले रु ७७ करोड ७७ लाखमा ठेक्का लिएको हो। दुई हजार क्षमताको मुख्य अडिटोरियमसहित ३०० क्षमताको अर्को हल, भर्र्याङ् लिफ्ट, स्टेज र रिहर्सल कक्ष रहने योजनाअनुसार निर्माण भइरहेको छ।