नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता भएका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (शनिबार) दिउँसो ३ः३० बजे पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता भएका हुन् ।
भरतपुर महानगरपालिका- १ स्थीत नारायणी नदिमा पौडी खेल्ने क्रममा पुरुष बेपत्ता भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट अर्जुन पौडेलको कमाण्डमा विपद सहितको टोली खेटिएको थियो ।
प्रहरीले उक्त स्थानमा पुरुषले लगाएको कपडा र एक थान मोबाइल फेला पारेको थियो । यस्तै फेला परेको मोबाइलमा आएको फोन प्रहरीले उठाउदा बेपत्ता हुने व्यक्ती मकवानपुरगढी गाँउपालिका- ६ का २८ वर्षीया प्रकाश घिमिरे भएको जानकारी सोही ठाउँका सबिन बजगाइले प्रहरीलाई गराएका थिए ।