यही पुस ३० गतेदेखि माघ १४ गतेसम्म सञ्चालन हुने नारायणी एक्सपो २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ।
हाल ८० प्रतिशत तयारी सम्पन्न भइसकेको र पुस २८ गतेभित्र सबै तयारी पूरा हुने आयोजकले जानकारी दिएको छ।
रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्ट प्रालि भरतपुरद्वारा आयोजित एक्सपोमा २०० भन्दा बढी व्यावसायिक, औद्योगिक, कृषि, पर्यटन तथा सेवामूलक स्टल रहनेछन्। स्वदेशी उत्पादन, स्थानीय उद्यम र साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्नु एक्सपोको मुख्य उद्देश्य रहेको छ।
एक्सपोमा लन्डन, पेरिस, स्ट्याचु अफ लिबर्टी र काश्मिर भ्यालीजस्ता विश्वप्रसिद्ध सहरहरूको थिम–सेटअप विशेष आकर्षणका रूपमा रहनेछ। साथै, विविध सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति, बालमैत्री गतिविधि तथा अन्तर्राष्ट्रिय स्वादका परिकारसहितको फुड कोर्टको व्यवस्था गरिएको छ।
सुरक्षा, स्वच्छता, पार्किङ र दर्शकमैत्री व्यवस्थापनलाई प्राथमिकता दिइएको एक्सपोमा करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। एक्सपो अवलोकनका लागि टिकट शुल्क रु १००, विद्यार्थीका लागि रु ७० र अपाङ्ग व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
आयोजकले सार्वजनिक विदा तथा पर्वको अवसरमा नारायणी एक्सपो २०८२ अवलोकन गरी सफल बनाउन सबैलाई आग्रह गरेको छ।

