चितवनमा कृषि प्रविधिको प्रदर्शन तथा उत्पादनको बजारीकरण उद्देश्यले नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो–२०८२ आजदेखि सुरु हुँदैछ ।
नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा माघ २ गतेदेखि ४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो सञ्चालन हुनेछ।
तीन दिनसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी १०० भन्दा बढी स्टल रहनेछन्।
कुखुरापालन, पशुपालन, डेरी, कृषि औजार तथा यन्त्र, बीउ–बिजन, मल, कीटनाशक, खाद्य प्रविधि, तालिम तथा वित्तीय समाधानसम्बन्धी प्रविधि र सेवाको प्रत्यक्ष प्रदर्शन, डेमो र परामर्श उपलब्ध हुनेछ।
आयोजकका अनुसार एक्स्पोले कृषि क्षेत्रमा लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

