आज महाशिवरात्री पर्व । नेपालीहरुको महत्वपूर्ण पर्व मध्येको यो पनि एक हो ।
यसैलाई मध्यनजर गर्दै सनातन संस्कृतिको संरक्षण र सम्वद्र्धनको भावसहित भक्ति र आस्थाको महासन्ध्या ‘महाशिवरात्री’ पर्वको पावन अवसरमा भरतपुरको होटेल पौवाले आज विशेष भजन कार्यक्रम आयोजना गरेको छ ।
आज साँझ ६ बजेदेखि होटेल पौवामा ‘भजन किर्तन’ समारोह सुरु हुने होटेल पौवाका म्यानेजर विजय न्यौपानेले जानकारी दिए । भजन किर्तन समारोहमा सरिक हुन प्रवेश निःशुल्क छ । महाशिवरात्रीको दिनमा यो समारोहमा सरिक हुन होटेल पौवाले सबैमा आग्रह गरेको छ ।
नेपाली हस्पिटालिटी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा संचालन गरिरहेको छ । पौवाले विभिन्न पर्व र विशेष दिनमा विशेष कार्यक्रमहरु गर्दै आइरहेको छ ।
होटेल पौवा भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ ।
