फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवनमा क्षेत्रीय महिला भेला सम्पन्न भएको छ।
निर्वाचनलाई लक्षित गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेललाई विजयी गराउने उद्देश्यका साथ क्षेत्रीय महिला भेला सम्पन्न भएको हो ।
भेलामा वक्ताहरूले निर्वाचनमा महिलाको सक्रिय र निर्णायक भूमिका आवश्यक रहेको जोड दिएका थिए। उनीहरूले मिना खरेललाई विकासप्रेमी, जनमुखी तथा सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा भारी मतले विजयी गराउन सबैलाई एकजुट भएर लाग्न आह्वान गरे।उनीहरूले चितवन–२ को समग्र विकास, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनाका मुद्दालाई प्राथमिकतामा राखेर घरदैलो अभियानलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सह-महामन्त्री डा. डिला संग्रौलाले चितवन क्षेत्र नं २ मा मीना खरेललाई अत्याधिक मतका साथ विजय गराउन आवश्यक रहेको बताईन्। मिना दिदी महिला बालबालिकाको मात्रै आमा होइनन्, उनी समग्र देशको आमा हुन्।
त्यसैले पनि चितवन २ मा मीना खरेललाई अत्याधिक मतका साथ विजय गराउन आवश्यक छ। उनले भनिन्। देशको चाबी खोल्नका समाजसेवी मीना खरेलको आवश्यक छ।
यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ। लामो समयपछि रुखमा भोट हाल्न पाउनु त्यसमा पनि मिना खरेललाई भोट हाल्न पाउने भएकाले पनि चितवन २ मा छुट्टै रौनक छाएको छ।
उनले भनिन्, कांग्रेसको विकल्प कांग्रेस, लोकतन्त्रको विकल्प लोकतन्त्र, भएकाले देशको विकास गर्ने नै कांग्रेसले हो यसका लागि मीना खरेल जस्तो पात्रआवश्यक छ । उहा कांग्रेसले मात्रै नभएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक सबैले रुचाएकी पात्र हुन्। मिनाले हार्यो भने चितवनले मात्रै हार्ने होइन सम्पूर्ण देशले नै हार्ने हो। त्यसैले हामी अब एकजुट भएर लाग्नुपर्छ उनले भनिन्,।
उम्मेदवार खरेलले महिला शक्तिको साथ र विश्वास नै आफ्नो मुख्य आधार रहेको बताउँदै जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाइन्। उनले निर्वाचनलाई लोकतन्त्रको पर्वका रूपमा लिँदै शान्तिपूर्ण र सभ्य वातावरणमा मतदान सम्पन्न गराउन सबैलाई आग्रह गरिन्। भेलामा विभिन्न राजनीतिक दलका महिला नेतृ तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
