पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले उखु किसानका समस्या समाधानका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताएका छ्न ।
बिगत देखि उखु किसानका समस्यामा सरकारलाई झकझक्याएको पनि उनले बताए ।आगामी दिनमा समेत उखु किसानका समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए ।
गत बर्ष पनि न्युनतम समर्थन मूल्य समयमै तोक्न आफुले सरकारलाई दबाब दिएको बताउँदै किसानहरुको समस्या समाधानका लागि आफू गम्भीर रहेको बताए। ग्रामिण भेगमा अधिकाङ्स किसान उखु खेतिमा आबद्ध भएकाले किसानमैत्री नितिको आवश्यकता उनले औल्यएका छन् ।
निर्वाचन अभियान अन्तर्गत आज नवलपरासीको प्रतापपुर गाउँपालिका स्थिति वडा नम्बर ५ र ६ मा घरदैलोमा पुगेका चौधरीलाई यहाँका उखु किसानले दीर्घकालीन समस्या समाधानका लागि प्रभावकारी पहल गरिदिन अनुरोध गरेपछि उम्मेदवार चौधरीले यसको दीर्घकालीन समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।
समयमा अनुदान रकम र उखुको भुक्तानी नपाउँदा यस क्षेत्रका कृषक वर्षौंदेखि आर्थिक संकट झेल्दै आएका छन्। निर्वाचन अभियानअन्तर्गत आज प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ स्थित ग्रामीण भेगमा घरदैलो कार्यक्रममा पुगेका उम्मेदवार चौधरीलाई किसानहरूले आफ्ना गुनासा प्रत्यक्ष सुनाएका हुन्।
किसानहरूको भनाइ अनुसार उखु क्रसिङ सिजन सुरु भइसके पनि सरकारले समयमै उखुको न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा अन्योल सिर्जना हुने गरेको छ। त्यस्तै, चिनी मिलहरूले वर्षौंदेखि भुक्तानी अल्झाएर राख्ने प्रवृत्तिका कारण किसानहरू विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ।
