पारदर्शि अनलाइन – माडीको हनुमानझुला र कुसुमखोला क्षेत्रमा बसोबास गर्दै आएका स्थानियले लालपुर्जा प्राप्त नगर्दासम्म चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने मध्यवर्ती क्षेत्रको अतिक्रमित भु-भाग भनेर चिनिने निकुञ्ज कार्यालय कसराले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा भएको पत्रकारहरुसंगको अन्तरक्रियामा, निकुञ्जको भु-भाग पर्ने नक्सा प्रस्तुत गर्दै सूचना अधिकारी गणेश प्रसाद तिवारीले कुसुमखोला, हनुमानझुला लगायतका निकुञ्ज आसपासका ऐलानी भु-भागहरु लालपुर्जा प्राप्त नगर्दासम्म कानुनले त्यसलाइ निकुञ्जकै क्षेत्र भनेर परिभाषित गर्ने बताउनुभएकाे हाे ।
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले अतिक्रमित भु-भाग भन्दै माडीको कुसुमखोलाकाे बस्ती हटाउन चेपाङका घरहरुमा आगजनी गर्ने, हात्ती लगाएर भत्काउने प्रयास गर्दै पटक-पटक दुःख दिने गरेकाे छ ।
Advertisement